News Portal

लोकप्रिय गायिका बिष्णु माझीको सुमधुर स्वरको गीत “जाले रुमाल” सार्वजनिक (भिडियो)

हिमाली संचार संवाददाता
१६७३ पटक

काठमाडौं : प्रवासमा भएर पनि नेपाली गीतसंगीतप्रति मरिमेट्ने सर्जक एवम् गायक दुर्गा बिसीको स्वरमा रहेको “जाले रुमाल” बोलको म्युजिक भिडियो केहि दिन पहिले सार्बजनिक भएको छ ।

लोकप्रिय गायिका बिष्णु माझीको सुमधुर आवाज, चर्चित मोडल बिमल अधिकारीको शब्द र खेम सेञ्चुरीको मिठो संगीतलयमा सजिएको म्युजिक भिडियोले १०० बर्ष अघिको नेपाली समाजमा रहेको बालबिवाहको बिषयलाई देखाएको छ ।

सांगीतिक बजारमा एकपछी अर्को लगातार उत्कृष्ट गितहरु भित्र्याउदै आफ्नो स्थान झन भन्दा झन मजबुत बनाउने कार्यलाइ निरन्तरता दिदै भावना म्युजिक सोलुसनको प्रस्तुतिमा मर्मस्पर्शी शब्दहरूको संयोजनमा निर्माण गरिएको “जाले रुमाल धुम्ला मायालु “बोलको लोक दोहोरी गीत म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

म्युजिक भिडियो हेर्दैजादा सय बर्षको अघिको कथावस्तुलाई फिचर बनाएको जाले रुमालको म्युजिक भिडियो फिचर अनुसार तालमेल नभएको देखिन्छ तथापी त्यो बेलाको समाजमा रहेको बालबिवाह अनि त्यसपछि उत्पन्न पृष्ठभूमिको परिस्थितिलाई केहि हदसम्म सम्बोधन गरेको छ ।

सय बर्ष अघिको घटनाको भिडियोलाई रङ्गीन भन्दा ब्ल्याकनव्हाइटमै देखाएको भए सुनमा सुगन्ध हुने थियो । कपिल लामाको निर्देशनमा चर्चित मोडल बिमल अधिकारी तथा सारिका केसीको अभिनय साथै अमर शाक्य छायाँकन रहेको छ।

हाल बैदेशिक रोजगारीको लागि इजरायलमा रहेका गायक बिसिले बिगतमा पनि ‘तिम्रै यादमा बसि रहन्छु’, ‘खाली मोबाईलमा पैसा छैन मेरो त फोन गरन काली ” ‘अंगुर पाकेको’ जस्ता बहुचर्चित गितमा आफ्नो स्वर दिसकेका गायक दुर्गा बिसिले आफ्नो नयाँ गीत जाले रुमाललाई श्रोताहरूले धेरै भन्दा धेरै माया गरिदिनुहुने र मन पराई दिनु हुनेछ भन्ने कुरामा ढुक्क भएको बताएका छन।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...