News Portal

लोकप्रिय गायिका बिष्णु माझीको सुमधुर स्वरको गीत “जाले रुमाल” सार्वजनिक (भिडियो)

हिमाली संचार संवाददाता
१७४० पटक

काठमाडौं : प्रवासमा भएर पनि नेपाली गीतसंगीतप्रति मरिमेट्ने सर्जक एवम् गायक दुर्गा बिसीको स्वरमा रहेको “जाले रुमाल” बोलको म्युजिक भिडियो केहि दिन पहिले सार्बजनिक भएको छ ।

लोकप्रिय गायिका बिष्णु माझीको सुमधुर आवाज, चर्चित मोडल बिमल अधिकारीको शब्द र खेम सेञ्चुरीको मिठो संगीतलयमा सजिएको म्युजिक भिडियोले १०० बर्ष अघिको नेपाली समाजमा रहेको बालबिवाहको बिषयलाई देखाएको छ ।

सांगीतिक बजारमा एकपछी अर्को लगातार उत्कृष्ट गितहरु भित्र्याउदै आफ्नो स्थान झन भन्दा झन मजबुत बनाउने कार्यलाइ निरन्तरता दिदै भावना म्युजिक सोलुसनको प्रस्तुतिमा मर्मस्पर्शी शब्दहरूको संयोजनमा निर्माण गरिएको “जाले रुमाल धुम्ला मायालु “बोलको लोक दोहोरी गीत म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

म्युजिक भिडियो हेर्दैजादा सय बर्षको अघिको कथावस्तुलाई फिचर बनाएको जाले रुमालको म्युजिक भिडियो फिचर अनुसार तालमेल नभएको देखिन्छ तथापी त्यो बेलाको समाजमा रहेको बालबिवाह अनि त्यसपछि उत्पन्न पृष्ठभूमिको परिस्थितिलाई केहि हदसम्म सम्बोधन गरेको छ ।

सय बर्ष अघिको घटनाको भिडियोलाई रङ्गीन भन्दा ब्ल्याकनव्हाइटमै देखाएको भए सुनमा सुगन्ध हुने थियो । कपिल लामाको निर्देशनमा चर्चित मोडल बिमल अधिकारी तथा सारिका केसीको अभिनय साथै अमर शाक्य छायाँकन रहेको छ।

हाल बैदेशिक रोजगारीको लागि इजरायलमा रहेका गायक बिसिले बिगतमा पनि ‘तिम्रै यादमा बसि रहन्छु’, ‘खाली मोबाईलमा पैसा छैन मेरो त फोन गरन काली ” ‘अंगुर पाकेको’ जस्ता बहुचर्चित गितमा आफ्नो स्वर दिसकेका गायक दुर्गा बिसिले आफ्नो नयाँ गीत जाले रुमाललाई श्रोताहरूले धेरै भन्दा धेरै माया गरिदिनुहुने र मन पराई दिनु हुनेछ भन्ने कुरामा ढुक्क भएको बताएका छन।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...