News Portal

  • दलितले पाउँनै मुस्किल जन्ती र मलामी !

    हिमाली संचार संवाददाता
    ४५० पटक

    सुर्खेत :  चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो । यो २०६८ सालको घटना हो ।

    गत जेठमा नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो । सार्वजनिक धाराको पानी छोएका कारण उनी मारिइन् । उनी वडा नम्बर ९ की सदस्यसमेत थिइन् । धारा छोएको आरोप लगाएपछि विवाद बढ्यो । मध्यरातमा ४५ वर्षीया मनालाई उपल्ला जातिका मान्छेले कुटपिट गरेर हत्या गरे । कर्णालीमा छुवाछुतकै कारण हत्या भएका यी प्रतिनिधि घटना हुन् । कर्णालीमा दलितमाथि हुने जातीय विभेदका घटना बढिरहेका छन् । जसका कारण मान्छे मारिइरहेका छन्, जिउँदाको जीवन पनि कठिन बनेको छ ।

    सरकारी तवरबाट छुवाछुतमुक्त अभियानमा लाखौं बजेट खर्च भइरहेको छ । छुवाछुतविरुद्ध दर्जनौं गैरसरकारी संस्था पनि सक्रिय छन् । तर, कर्णालीका अधिकांश स्थानमा दलितमाथि भान्सामा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण रोकिएको छैन । अन्तरजातीय विवाह, मन्दिर प्रवेश र विद्यालयमा हुने विभेदका कारण दलित थप हिंसा भोग्न बाध्य छन् । चुला छोएकै निहुँमा सुर्खेतको कुनाथरीमा केही समयपहिले एक बालकमाथि निर्मम कुटपिट भयो । कथित उपल्लो जातिको कुटपिटबाट बालक भीमबहादुर विक गम्भीर घाइते भए ।

    सुर्खेतकै साटाखानीमा सार्वजनिक धारा छोएको आरोपमा स्थानीय टीकाकुमारी मिजारमाथि निर्घात कुटपिट भयो । अघिल्लो वर्ष असारको घटना हो यो । कथित माथिल्लो जातिको आक्रमणबाट मिजारलाई आफन्तले बल्लतल्ल बचाए । उनले नयाँ जीवन पाइन् ।

    प्रहरीले जातीय विभेद गरेको भन्दै प्रहरीले मनकुमारी राई र उनका छोरा मनबहादुर राईलाई पक्राउ पनि ग¥यो । तर राजनीतिक दबाबमा यो घटनामा पनि मिलापत्र भयो । पीडितले नै बयान बदलेपछि पीडक हिरासतमुक्त भए । पीडितले कानुनी न्याय पाउने बाटो नै बन्द भयो ।

    सामाजिक चेतनाको कमी, धार्मिक अन्धविश्वास, कानुनी सजाय नहुँदै मुद्दा मिलापत्र र पीडितले न्याय नपाउने अवस्थाका कारण यस्ता घटनाहरु बढ्दै गएको दलित अधिकारकर्मी खगिसरा वली बताउँछिन् ।

    पीडकलाई कानुनी सजाय भएको नजिर स्थापित नहुँदासम्म यस्ता घटनामा कमी नआउने उनको भनाइ छ । कर्णालीमा जातीय छुवाछुतका घटना कम नभएको र जातीय विभेदकै कारण दलितमाथिको आक्रमण र सामाजिक बहिस्कार नरोकिएको दलित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुको तथ्याकंले पनि देखाएको छ ।

    जन्ती र मलामी पाउनै मुस्किल

    विभेदको चरम नमुना के होला ? त्यो कालिकोटमा देख्न सकिन्छ । यहाँ दलितले जन्ती र मलामी समेत पाउँदैनन् । दलित भने अरुको जन्ती र मलामी जान्छन् । तर कथित उपल्लो जातिका व्यक्तिले पैँचो तिर्न जान्दैनन् । अरु जातिकाले दलितलाई बहिष्कार गर्दै आएका छन् ।

    ‘देशमा परिवर्तन आयो भन्छन् । हामीले चाहिँ थाहा पाएका छैनौँ,’ नरहरिनाथ गाँउपालिका लालुनिवासी रतनसिंह दर्जी भन्छन्, ‘गाउँमा छुवाछुत अहिले पनि उस्तै छ । हामी दलितले त शुभकार्यमा जन्ती र मर्दा मलामी नपाउने अवस्था छ ।

    नेपाल राष्ट्रिय दलित समाज कल्याणका जिल्ला संयोजक वीरबहादुर तिरुवा भन्छन्, ‘जिल्लामा छुवाछुत उस्तै छ । धार्मिक संस्कारका कारण पनि दलितले विभेद सहनु परेको छ । सार्वजनिक कार्यक्रममा पनि दलितको सहज पहुँच छैन । नेतृत्व स्वीकार गर्न पनि समस्या देखिएको छ ।

    स्कुलमा पनि छुवाछुत

    छुवाछुत अपराध हो भनेर सिकाउने थलो स्कुल हो । तर कर्णालीका स्कुलमै छुवाछुत छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका र ठूलीभेरी नगरपालिकाका स्कुलमा छोइछिटो बारिन्छ । दलित विद्यार्थीले छोएको खाजा गैरदलितले नखाएपछि यहाँका विद्यालयले दिवा खाजा नै बदलेका छन् ।

    कर्णालीका हिमाली जिल्लामा प्राथमिक तहका बालबालिकालाई दिवा खाजाको व्यवस्था छ । तर विद्यालयमा पकाइने खाजा दलित बालबालिकाले छोएको भन्दै गैरदलितले खान मानेनन् । अहिले पकाउन मिल्ने खाजा छोडेर सुख्खा खाजाको व्यवस्था गर्न थालिएको छ ।

    त्रिपुरासुन्दरी नगरपालिकाको रावतबाडामा रहेको धौलागिरी आधारभूत विद्यालयका बालबालिका सुख्खा खाजा खाइरहेका छन् । दलितले छोएको खाजा नखाने गैरदलित बालबालिकाले अडान लिएपछि आफूहरुले अहिले सुख्खा खाजा मात्र दिने गरेको शिक्षक कर्ण विकले जानकारी दिए ।

    अन्तरजातीय बिहे गर्दा बहिस्कृत

    जाजरकोटको जुनीचाँदे-५ गर्खाकोटका गणेशकुमार चँदारा र ज्योति शाह तीन वर्षदेखि सदरमुकाम खलंगामा विस्थापित जीवन बिताइरहेका छन् । उनीहरुको ‘अपराध’ थियो, अन्तरजातीय विवाह गर्नु । दलितसँग विवाह गरेको भन्दै माइती पक्षले धम्की दिएपछि यो जोडी विवाह गरेको चार वर्षसम्म पनि आफ्नो घर जान पाएको छैन ।

    सदरमुकाममा कोठाभाडा लिएर उनीहरु गुजारा चलाइरहेका छन् । २०६७ सालमा गणेश १७ बर्षका थिए । ज्योति १५ बर्षकी । त्यही साल असार २९ गते ज्योति भागेर गणेशको घर आइन् । तल्लो जातको केटासँग बिहे गरेको भन्दै तत्काल माइती पक्षले उनलाई जबर्जस्ती फिर्ता लगे । गणेशलाई कुटे ।

    परिवारलाई धम्क्याए । तर, उनीहरु २०७२ कार्तिक ९ गते पुनँ सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै गाँउबाट भागे । माइती पक्षले सम्बन्धविच्छेद गराउने र आक्रमण हुन सक्ने डरले आफूहरु गाउँ जान नसकेको गणेशले बताए । विद्यालयले स्थानान्तरण समेत नगरिदिएपछि उच्च शिक्षा पढ्ने धोको पूरा हुन नसकेको उनीहरुको गुनासो छ ।

    मुगुमा पनि अन्तरजातीय विवाह गरेका जोडी परिवारबाटै तिरस्कृत भएका छन् । खत्याड गाँउपालिका—४ पैखुकी लक्ष्मी थापाले पुरन विकसँग एक वर्षअघि बिहे गरिन् । पैखुकै सुशीला थापाले हिगोटीका धनमान विकसँग प्रेम विवाह गरिन् । यी जोडी अहिले सामाजिक बहिष्कारमा परेका छन् ।

    माइतीले छोरीहरुलाई गाउँमा प्रवेश नै दिएका छैनन् । दलितसँग बिहे गरेकै कारण अछमपुरा रावलले १० वर्षदेखि माइतीको आँगनमा टेक्न नपाएको पीडा सुनाइन् । थुप्रै जोडी विस्थापित जीवन बिताउन बाध्य छन् ।

    मिलापत्रमा टुंगिन्छन् विभेदका मुद्दा

    जुम्लाको कनकासुन्दरीस्थित गोठिज्युलामा मुनबहादुर परियारमाथि गतबर्ष चुल्हो छोएको निहुँमा आक्रमण भयो । तर, यो घटना प्रहरी र अदालतसम्म पुग्नै सकेन । स्थानीय ठालु र नेताहरुको दबाबपछि पीडित मुनबहादुरले पनि उजुरी दिने आँट गरेनन् । अन्ततः कानुनी उपचारबिनै घटना सेलायो ।

    अधिकांश छुवाछुत र विभेदका घटना गाउँमै मिलापत्र गराइन्छ । यसबाट पीडितले कानुनी न्याय पाउने बाटो नै बन्द हुने गरेको दलित अधिकारकर्मी सन्जुसिं विश्वकर्मा बताउँछन् ।

    गाँउमा घटना नभएका होइनन्, उजुरी नआउँदा समस्या भइरहेको छ,’ जुम्लाका इन्स्पेक्टर प्रकाश केसीले भने, ‘विभेदका घटना दलितले सहेर बसेका छन् ।

    विभिन्न दबाब र प्रभावमा मुद्दा गाउँमै मिलापत्र हुन्छ ।’ उच्च अदालत सुर्खेत इजलास जुम्लाका श्रेस्तेदार इन्द्रकुमार खड्काले जातीय छुवाछुत सम्बन्धी घटना गाउँमै मिलाउने र उजुरीको रुपमा कानुनी निकायसम्म आउन नदिने प्रवृत्ति बढेको बताए । अन्नपूर्णपोस्ट

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२२ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २२ गते शनिबार इश्वी सन २०२४ मे ४...

    एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

    बैशाख-२१, शुक्रबार/काठमाडौं –  नेपाल सरकारले हाल मुलुकमा चलन चल्तीका रुपमा रहेको रु. १०० रुपैयाँको नोटमा...

    दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार (भिडियो सहित)

    बैशाख-२१, शुक्रबार/मोरङ –  दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा झापाको दमकमा एक छात्रामाथि...

    रंगेलीमा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सम्पन्न

    बैशाख-२१, शुक्रबार/मोरङ – कोशी प्रदेश प्रहरी कार्यालयद्वारा प्रदेश नम्बर १ अन्तरगत संचालनमा ल्याएको दुर्व्यसन विरुद्ध...

    पुराना सम्झनाहरु आज पनि ताजै लाग्छ

    काठमाण्डौ। ०४६ सालमा प्रजातन्त्र आएपछि पहिलो स्थानिय निर्वाचन ०४९ सालमा भयो। गाउँबस्ती सबै हराभरा थियो।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal