News Portal

सर्जक हेमन्त खड्काको “गुराँस फुल्न रानी वन” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
५९५ पटक

नरेश बोहोरा
काठमाडौं : चर्चित गायक तथा सर्जक हेमन्त खड्काको नयाँ गिती एल्वम् “गुराँस फुल्न रानी वन” बजारमा आएको छ । बागलुङ नगरपालिका—८ सिगानामा जन्मिएका खड्काले लगनको महिनालाई ध्यानमा राखेर पञ्चैबाजामा आधारित गित बजारमा ल्याएका हुन् ।

चर्चित मुस्ताङ लेतेमा बोलको गितबाट नेपाली सांगितीक क्षेत्रमा पाईला राखेका खड्काले निरन्तर गित संगितको सिर्जना गर्ने र बजारमा ल्याउने क्रममा गुराँस फुल्ने रानी वन बजारमा ल्याएका हुन् ।

सर्जक हेमन्त खड्काको लय रहेको गीतमा शब्द भने कृष्ण आचार्य र हेमन्त खड्काले शब्द लेखेका छन् । गायक हेमन्त खड्का र चर्चित गायिका शान्तिश्री परियारले गीतमा स्वर दिएका छन् ।

म्यूजिक भिडियोमा सुमन जि.सी, आयुष्मा घर्ती मगर, दिपक खड्काको मुख्य भूमिका रहेको छ । बागलुङ जिल्लाको पञ्चकोट लगायत धार्मिक तथा पर्यटकिय स्थलहरूमा छायाङ्कन गरिएको म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन सज्जन कुमार सिंह र गायक खड्काले गरेका हुन् । गितको छायाङ्कन सज्जन कुमार सिंहले गरेका छन् । म्युजिक भिडियो हेमन्त खड्काकै युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...