News Portal

सर्जक हेमन्त खड्काको “गुराँस फुल्न रानी वन” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
६५५ पटक

नरेश बोहोरा
काठमाडौं : चर्चित गायक तथा सर्जक हेमन्त खड्काको नयाँ गिती एल्वम् “गुराँस फुल्न रानी वन” बजारमा आएको छ । बागलुङ नगरपालिका—८ सिगानामा जन्मिएका खड्काले लगनको महिनालाई ध्यानमा राखेर पञ्चैबाजामा आधारित गित बजारमा ल्याएका हुन् ।

चर्चित मुस्ताङ लेतेमा बोलको गितबाट नेपाली सांगितीक क्षेत्रमा पाईला राखेका खड्काले निरन्तर गित संगितको सिर्जना गर्ने र बजारमा ल्याउने क्रममा गुराँस फुल्ने रानी वन बजारमा ल्याएका हुन् ।

सर्जक हेमन्त खड्काको लय रहेको गीतमा शब्द भने कृष्ण आचार्य र हेमन्त खड्काले शब्द लेखेका छन् । गायक हेमन्त खड्का र चर्चित गायिका शान्तिश्री परियारले गीतमा स्वर दिएका छन् ।

म्यूजिक भिडियोमा सुमन जि.सी, आयुष्मा घर्ती मगर, दिपक खड्काको मुख्य भूमिका रहेको छ । बागलुङ जिल्लाको पञ्चकोट लगायत धार्मिक तथा पर्यटकिय स्थलहरूमा छायाङ्कन गरिएको म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन सज्जन कुमार सिंह र गायक खड्काले गरेका हुन् । गितको छायाङ्कन सज्जन कुमार सिंहले गरेका छन् । म्युजिक भिडियो हेमन्त खड्काकै युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...