News Portal

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

५५ पटक

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ। महासंघले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न माग गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सुदूरपश्चिम महोत्सवको रिपोर्टिङका क्रममा पत्रकारमाथि अमर्यादित व्यवहार हुनु गम्भीर विषय भएको उल्लेख गरिएको छ। यस्तो घटना प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित निकायले कडाइका साथ कदम चाल्नुपर्ने माग गरिएको छ।

मंसिर २७ गते शनिबार नयाँ सन्देश अनलाइनकी सम्पादकसमेत रहेकी पत्रकार चन्दलाई दुई जना अपरिचित युवाले गलत नियतसहित पछाडिबाट धकेलेको बताइएको छ। घटनाको भिडियो सार्वजनिक भइसकेको र त्यसले थप चिन्ता बढाएको महासंघको भनाइ छ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाले पनि घटनाको निन्दा गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ। शाखाले यस विषयमा महासंघको केन्द्रीय समितिलाई जानकारी गराइसकेको जनाएको छ। महासंघले पत्रकारको सुरक्षाका सवालमा राज्यले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिकृया दिनुहोस्

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...