News Portal

पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

३२९ पटक

कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ। रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजनामा फेवाताल किनारको करिब ३.५ किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन गरिने आयोजकले जानकारी दिएका छन्।

संयोजक वसन्त गौतमका अनुसार ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ यो महोत्सवले खाना, संगीत र संस्कृति प्रवर्द्धन गर्दै पोखराको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकहरूलाई आकर्षित गर्दै पोखरालाई प्रमुख पर्यटक गन्तव्यको रूपमा स्थापित गर्न महोत्सवले भूमिका खेलेको पनि उनले बताए।

विनाशकारी भूकम्प, कोभिड–१९ महामारी र अन्य चुनौतीका बाबजुत पनि महोत्सव निरन्तर आयोजना हुँदै आएको छ। यसले सुस्ताएको पर्यटन व्यवसायलाई पुनःरुत्थान गर्न, स्थानीय कृषिउपज, हस्तकला र घरेलु सामग्रीको प्रवर्द्धन गर्न योगदान दिने आयोजकको विश्वास छ।

महोत्सवमा नेपालका विभिन्न जातजातिका सांस्कृतिक झाँकी, नृत्य, फुड फेस्टिभल, ख्यातिप्राप्त कलाकारद्वारा कला प्रस्तुत, लोकदोहोरी, फेवातालमा बोट रेस, वेटर रेस, रस्साकस्सी, पर्यटनसम्बन्धी टक सो, वृत्तचित्र र फोटो प्रदर्शनी प्रमुख आकर्षण रहनेछन्।

मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको महोत्सवमा सहप्रायोजक बोटलर्स नेपाल (तराई) लिमिटेड, दि नेपाल डिस्टिलरी प्रालि, यति डिस्टिलरी प्रालि र नेपाल टेलिकम रहेका छन्। बैंकिङ पार्टनर सिद्धार्थ बैंक रहेको जानकारी आयोजकले दिएका छन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...