News Portal

बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

१६२ पटक

बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। डीएसपी नेपालकी श्रीमतीले दिएको उजुरीपछि अदालतबाट अनुमति लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार नेपाल मंगलबार साँझ आफैले प्रहरी कार्यालय उपस्थित भएका थिए। उपस्थित भएपछि उनलाई पक्राउ गरी तीन दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको उनले बताए। प्रहरीले बहुविवाह सम्बन्धी थप प्रमाण संकलन गरिरहेको छ भने नेपालकी भनिने दोस्रो श्रीमतीको खोजी पनि भइरहेको छ।

डीएसपी नेपाल यसअघि बुटवलको वडा प्रहरी कार्यालयमा इन्चार्जका रूपमा कार्यरत हुँदा गाँजा कारोबारसम्बन्धी आर्थिक लेनदेनमा संलग्न भएको आरोपमा विभागीय कारबाहीमा परेको तथ्य पनि सार्वजनिक भइसकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...