News Portal

  • प्रचण्डद्वारा उच्च पदस्थको सम्पत्ति छानबिनको माग दोहोर्याइयो

    ५३ पटक

    काठमाडौं, २३ मंसिर – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ पछि उच्च पदमा पुगेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग पुनः दोहोर्याएका छन्।

    भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानी आवश्यक रहेको बताए।

    उनले भने, “म संसद्को रोष्टमबाटै चर्चित काण्ड र उच्च पदस्थको सम्पत्ति छानबिनको माग उठाइसकेको थिएँ। आजको दिन पनि त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्याउँछु।”

    प्रधानमन्त्री रहँदा सुशासनलाई आफ्नो कार्यकालको मूल मन्त्र बनाएको स्मरण गर्दै प्रचण्डले भने कि दलाल र भ्रष्ट तत्वहरूको स्वार्थमा चुनौती दिएकोले केहीले सरकार ढाल्ने प्रयास गरे पनि सुशासनका धेरै मानकहरू स्थापित भएका छन्। भुटानी शरणार्थी प्रकरणसहित ठूला भ्रष्टाचार काण्डहरूको छानबिन पनि अघि बढेको उनले बताए।

    उनले भ्रष्टाचारविरुद्धको लडाइँ एकदिनको अभियान नभई निरन्तरको संघर्ष भएको उल्लेख गर्दै, यो दिवसले नागरिकलाई पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति जिम्मेवार बनाउने र भ्रष्टाचारमुक्त, समृद्ध समाजवादी नेपाल निर्माणमा प्रेरणा दिने विश्वास व्यक्त गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एसवाई प्यानल नेप्सेमा सूचीकृत, कारोबार बुधबारदेखि सुरु हुने

    काठमाडौं, २३ मंसिर – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नयाँ कम्पनी एसवाई प्यानलको सेयर सूचीकृत भएको...

    प्रचण्डद्वारा उच्च पदस्थको सम्पत्ति छानबिनको माग दोहोर्याइयो

    काठमाडौं, २३ मंसिर – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ पछि उच्च पदमा पुगेका सबै व्यक्तिहरूको...

    राजा र नयाँ समझदारीका लागि राप्रपाको प्रदर्शन

    काठमाडौं, २३ मंसिर – राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माण गर्न दबाब दिने...

    ठेकेदारको ढिलाइले विकासमा बाधा, मन्त्री घिसिङ चिन्तित

    ललितपुर, मंसिर २३ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री...

    आज २०८२ साल मंसिर २३ गतेको राशिफल

    आज मंसिर २३, २०८२ (डिसेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...