News Portal

क्याप्टेन विजय लामामाथि नागरिक उड्डयनको कारबाही, उडान रोक

२१३ पटक

काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट क्याप्टेन विजय लामामाथि अनुशासनात्मक कारबाही गरेको छ।
प्राधिकरणले उडान सञ्चालनसँग सम्बन्धित मापदण्ड उल्लङ्घन गरेको ठहर गर्दै लामालाई हाललाई उडान सञ्चालनमा प्रतिबन्ध लगाइएको हो।

प्राधिकरणका अनुसार क्याप्टेन लामाले जहाज उडाउनुपर्ने संवेदनशील जिम्मेवारीको बीचमै ककपिटभित्रै फोटो र भिडियो खिचेर भ्लग बनाएका थिए। यस्तो गतिविधिले सुरक्षा मापदण्ड, प्रोफेसनल कन्डक्ट र उडान सञ्चालनको नियम उल्लङ्घन हुने भएकाले कारबाही अनिवार्य भएको प्राधिकरणले जनाएको छ।

यही विषयमा प्राधिकरणले नेपाल वायुसेवा निगमको अपरेसन्स डिपार्टमेन्टलाई पत्र पठाउँदै अर्को सूचना नआएसम्म क्याप्टेन लामालाई रोस्टर अफमा राख्न निर्देशन दिएको छ। यसबीच घटनाबारे थप अनुसन्धान अघि बढाइने बताइएको छ।नेपाल वायुसेवा निगमले पनि प्राधिकरणका निर्देशनअनुसार आवश्यक आन्तरिक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...