News Portal

कुलमान घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टी मंसिर १७ मा औपचारिक घोषणा

२०० पटक

काठमाडौं, मंसिर १२ — कुलमान घिसिङ संरक्षक रहेको नयाँ राजनीतिक दल, उज्यालो नेपाल पार्टी, मंसिर १७ गते औपचारिक रूपमा सार्वजनिक हुने भएको छ। पार्टीले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै सो दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन, कमलादीमा घोषणा सभा आयोजना हुने जनाएको छ।

घोषणा सभामा प्रमुख अतिथिका रूपमा उर्जा मन्त्री कुलमान घिसिङ उपस्थित हुनेछन्। कार्यक्रममा पार्टीको दीर्घकालीन उद्देश्य, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ सार्वजनिक गरिनेछ।

पार्टीको विज्ञप्तिमा भनिएको छ कि उज्यालो नेपाल पार्टी केवल नयाँ दलको रूपमा आएको होइन, नेतृत्व र कार्यकुशलताका साथ जनताको विश्वास जित्ने क्षमता राख्दछ। पार्टी समान दृष्टिकोण भएका वैकल्पिक दल, संगठन र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको पनि उल्लेख गरिएको छ।

साथै, जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै समृद्ध राष्ट्र निर्माणका लागि परिणाममुखी संवादमार्फत सबै पक्षसँग एकजुट हुन पार्टीले आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...