News Portal

बाराको पानी उद्योगमा कामदारको हत्या, प्रहरी अनुसन्धान सुरु

१२६ पटक

बारा, मंसिर १२ – बाराको प्रसौनी गाउँपालिका–६ भलुहीस्थित एक पानी उद्योगमा कार्यरत ४२ वर्षका रामकिशोर सिंह मृत अवस्थामा फेला परेका छन्। घाँटी रेटिएको अवस्थामा शव भेटिएपछि घटना आपराधिक रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सर्लाही धनकौलका सिंह केही वर्षदेखि यहीं बस्दै उद्योगमा काम गर्दै आएका थिए। शुक्रवार बिहान करिब ८ बजे जिल्ला प्रहरी कार्यालय बाराले घटनाको जानकारी पाएपछि टोली घटनास्थल पुगेको थियो।

प्रहरी प्रवक्ता विजय पण्डितका अनुसार उद्योग परिसरको मुचुल्का उठाउने काम भइरहेको छ। घटनाको कारण र संलग्न व्यक्तिबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीले छानबिन तीव्र पारेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...