News Portal

फूलखर्क कल्याणकारी समाजको बाह्रौँ वार्षिक साधारण सभा पौष १२ गते सम्पन्न हुने

३२० पटक

धादिङ, मंसिर १० — फूलखर्क कल्याणकारी समाजले आफ्नो बाह्रौँ वार्षिक साधारण सभा यही २०८२ पौष १२ गते आयोजना गर्ने भएको छ। समाजले सार्वजनिक गरेको सूचना अनुसार साधारण सभा साझा पार्टी प्यालेस, जरंखुमा बिहान ८ बजे बजेबाट सुरु हुनेछ।

‘फूलखर्क हाम्रै पौरख, हाम्रै गौरव’ भन्ने नाराका साथ क्रियाशील समाजले वार्षिक गतिविधि समीक्षा, आर्थिक प्रतिवेदन, आगामी वर्षका योजनाको प्रस्तुति तथा अन्य आवश्यक निर्णयहरूका लागि साधारण सभा आयोजना गरिएको बताइएको छ।

कार्यक्रममा समाजका पदाधिकारी, सदस्य तथा आम समुदायको गरिमामय उपस्थितिमा समाजले बलियो संगठन निर्माण र सामाजिक तथा विकासमुखी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

फुल्खरका कल्याणकारी समाजको निरन्तर सेवा : सहयोग र समाजसेवामा अग्रणी फूलखर्क कल्याणकारी समाजले स्थापना कालदेखि नै स्थानीय समुदायका निम्न वर्गका व्यक्तिहरूले आर्थिक तथा भौतिक रुपमा सहयोग गर्दै आइरहेको छ। समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। समाजले आर्थिक अभाव, स्वास्थ्य समस्या वा आकस्मिक विपत्मा परेका व्यक्तिहरूलाई आवश्यक सहयोग पुर्‍याउँदै ‘दिनदुखीलाई सहयोग गरेर मानवतावादी अभियान निरन्तर चलाइरहेको छ।

समाजका सदस्यहरूका अनुसार विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सहभागी हुँदै समुदायलाई सशक्त बनाउने उद्देश्यले गाउँ पालिकामा हरेक हरेक वर्ष गाउँपालिकाको अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेका थिए। राहत वितरण तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन्। रोगीको उपचारदेखि बिपन्न परिवारको सहायतासम्म, समाजले उपलब्ध स्रोत भित्र रहेर सक्दो सहयोग गर्दै आईरहेकाे काम गर्दै आइरहेको कुरा यसै संस्थाका एकजना सदस्यले बताए।

हरेक वर्ष गङ्गा जमुनामा आयोजना हुने ठूलो मेला (पर्व) का क्रममा समाजका स्वयंसेवकहरूले ‘भोलेन्टरी सेवा’ प्रदान गर्दै आएका छन्। मेलामा भीड व्यवस्थापन, मार्गदर्शन, सुरक्षा सहयोग तथा सरसफाइ जस्ता महत्वपूर्ण कार्य समाजका युवाहरूले गर्दै आएका कारण स्थानीय प्रशासन तथा मेलामा सहभागी भक्तजनले समाजको भूमिकाको प्रशंसा गर्दै आएका छन्।

समाजले भविष्यमा पनि सामाजिक उत्तरदायित्व पूरा गर्दै आफूलाई अझ विस्तार गर्ने लक्ष्य लिएको बताइएको छ। फुल्खरका कल्याणकारी समाज समुदायमा आशा, सहयोग र सकारात्मक परिवर्तनको केन्द्र बन्दै अघि बढिरहेको छ।फूलखर्कवासीहरूको एकता, सहयोग र सामाजिक उत्थानमा लामो समयदेखि सक्रिय फूलखर्क कल्याणकारी समाजले उपस्थितिकाे लागि हार्दिक आमन्त्रण गरेको छ।

कार्यक्रम हुने मिति समय र स्थान

मिति२०८२ पौष १२

समय – ८ बजे

स्थान – साझा पार्टी प्यालेस, जरंखु

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...