
काठमाडौं, मंसिर १० – उर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको हाम्रो नेपाल पार्टीले आगामी आमनिर्वाचनमा एउटै चुनाव चिह्नबाट उम्मेदवारी दिने तयारी गरेको छ।
निर्वाचन आयोगमा पेश गरिएको निवेदन अनुसार, उज्यालो नेपाल पार्टीले ‘बिजुलीको चिम’ र हाम्रो नेपाल पार्टीले ‘लाइक’ चिह्न पाएका थिए। दुवै पार्टीले अब साझा चिह्न प्रयोग गर्ने सहमति गरेका छन्। आयोगको नियमअनुसार फरक–फरक पार्टीहरुले एउटै चिह्नमा उम्मेदवारी दिन चाहँदा अलग–अलग निवेदन दिनुपर्छ।
यसैगरी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजाति पार्टीले पनि साझा चुनाव चिह्नमा चुनाव लड्ने इच्छापत्र आयोगमा पेश गरेका छन्।