News Portal

वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल शुल्क बढ्यो

२२३ पटक

काठमाडौँ, १० मंसिर – वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क मंसिर १० गतेदेखि बढाइएको छ।

नेपाल मेडिकल व्यवसायी संघले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्दै नयाँ शुल्क लागू गर्ने निर्देश व्यवसायीहरूलाई जारी गरेको छ। यसअघि यो शुल्क ६ हजार पाँच सय रूपैयाँ थियो भने अब ९ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८१ चैतमा विभिन्न परीक्षण थप गर्ने निर्णय गरिसकेको थियो। नयाँ शुल्कले श्रमिकमाथि थप आर्थिक भार परेको भन्दै आलोचना पनि भएको छ।

मन्त्रालयका अधिकारीहरूले भनेका छन् कि परीक्षणको दायरामा नयाँ शीर्षक थपिएको कारणले यो शुल्क अझै उचित रहेको दाबी गरिएको छ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...