News Portal

धनगढीमा महेश बस्नेतविरुद्ध जेनजी युवा प्रदर्शन

१३१ पटक

धनगढी, मंसिर १० – नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्।

बुधबार बिहान बजार क्षेत्रमा प्लाकार्डसहित प्रदर्शन गरिएको थियो। २३–२४ भदौको जेनजी आन्दोलनपछि बस्नेत र जेनजी युवाबीच द्वन्द्व बढ्दै गएको बताइएको छ।

गत ४ मंसिरदेखि बस्नेतका कार्यक्रममा जेनजी युवाले विरोध प्रदर्शन गर्दै आएका छन्। यसअघि बाराको परवानीपुरमा उनका कार्यक्रममा विरोध भएपछि दुई दिनसम्म सिमरामा अस्थिरता सिर्जना भएको थियो।

त्यस्तै, इटहरीमा बस्नेतको कार्यक्रममा दुई जेनजी युवाले रातो रङ भरिएका बेलुन प्रहार गरेका थिए भने मंगलबार सुर्खेतमा पनि उनका कार्यक्रममा विरोध देखिएको थियो।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...