News Portal

आदर्श अभिभावक सम्मान आयोजना गर्दै ढुंगेल परिवार

२९६ पटक

झापा, मंसिर १० – झापा र सुनसरी जिल्लामा आदर्श अभिभावक सम्मान कार्यक्रम आयोजना हुने भएको छ।

कोशी प्रदेशको सुनसरी जिल्ला, सदरमुकाम इनरुवामा जीवनको लामो समय बिताएका पिता स्व. प्रजापति देव ढुंगेल र माता स्व. हरिमाया ढुंगेलका सुपुत्र स्व. श्यामदेव ढुंगेलको स्मृतिमा स्थापित स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले यो सम्मान प्रदान गर्न लागेको हो।

प्रतिष्ठानका संस्थापक संरक्षक रामप्रसाद ढुंगेलका अनुसार समाजमा रहेका असल र कर्तव्यनिष्ठ अभिभावकलाई आदर्श अभिभावक सम्मान दिने उद्देश्य कार्यक्रमको मूल केन्द्रमा छ।

स्व. श्यामदेव ढुंगेलको योगदानको कदर गर्ने, उहाँको व्यक्तित्व र मूल्यबोधको प्रचार प्रसार गर्ने, उहाँको सरल र इमानदार स्वभावले परिवार र समाजमा पारेको प्रभावबारे नयाँ पुस्तालाई जानकारी दिने र उहाँकै जीवनमा आधारित बृत्तचित्र निर्माण गर्ने लक्ष्यका साथ प्रतिष्ठान स्थापना गरिएको हो। सम्मान कार्यक्रम त्यसै प्रयासको पहिलो चरण हो।

प्रतिष्ठानले हरेक वर्ष पुस ९ गते आदर्श बुबाआमा सम्मान तथा पुरस्कार वितरण गर्ने जनाएको छ। सोही दिन स्व. श्यामदेव ढुंगेल र उनका छोरा तथा संरक्षक रामप्रसाद ढुंगेलको जन्मदिन पर्ने भएकाले सम्मान समारोह पनि यही दिन आयोजना गरिने भएको हो।

आदर्श बुबाआमा सम्मानसँगै निश्चित रकम आर्थिक पुरस्कारको रूपमा बर्सेनि चार जोडी अभिभावकलाई प्रदान गरिनेछ।

यो वर्षको कार्यक्रमका लागि झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श उच्च मावि र सुनसरीको इनरुवा नगरपालिका अन्तर्गतका श्री देवकोटा प्रावि तथा भगवती मावि चयन गरिएका छन्।

यी विद्यालयहरूबाट नै स्व. श्यामदेव ढुंगेलका छोराहरू रामप्रसाद, सन्जय र राजु ढुंगेलले प्रारम्भिक शिक्षा सुरु गरेका थिए। त्यसैले पहिलो चरणमा यिनै विद्यालयका आदर्श र जिम्मेवार अभिभावकलाई सम्मान प्रदान गरिनेछ।

आगामी २०८२ पुस ९ गते झापा शिवसताक्षी–६ को श्री जन आदर्श उच्च माविमा पहिलो कार्यक्रम हुने छ। सोही विद्यालयका शिक्षक भक्ति काफ्लेको संयोजकत्वमा पुरस्कार तथा सम्मान वितरण समिति गठन गरिएको छ।

समितिले तीन जोडी अभिभावकको सिफारिस गर्नेछ भने एक जोडी अभिभावकको सिफारिस दाता परिवारले गर्ने सहमति भएको छ।

यो सम्मान कार्यक्रम स्व. श्यामदेव ढुंगेलको जन्मदिन र पुण्यतिथिमा प्रत्येक वर्ष यी चयनित विद्यालयहरूमा आयोजना गरिनेछ।

नियमितता कायम गर्न ढुंगेल परिवारले निश्चित रकम स्थानीय वित्तीय संस्थामा अक्षयकोषका रूपमा राख्ने र सोही रकमको ब्याजबाट झापा र सुनसरीका विद्यालयहरूमा कार्यक्रम सञ्चालन गरिने प्रतिष्ठानका अध्यक्ष सन्जय ढुंगेलले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...