
काठमाडौं, मंसिर ९ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियामा युवाहरूको सहभागिता महत्वपूर्ण रहेको बताएका छन्। पेरिसडाँडामा आयोजित पार्टी प्रदेश कार्यक्रममा उनले भने, “जेन-जी पुस्ताले आफ्नो वास्तविक राजनीतिक अभिभावक नेकपा नै हो भन्ने बुझिसकेका छन्। विभिन्न पार्टीहरू मिलेर नयाँ शक्ति निर्माण हुनेछ र हामीले युवाहरूको सही एजेन्डालाई समर्थन गर्दै आएका छौँ।”
प्रचण्डले पार्टी एकता प्रक्रियालाई चाँडै सम्पन्न गरेर आगामी चुनावको वातावरण तयार पार्न केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।