News Portal

मिराज ढुंगानासहितका जेन–जी मागकर्ता प्रहरीद्वारा अनामनगरतिर धपाइए

१३१ पटक

काठमाडौं, मंसिर ९ – प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र बुझाउन पुगेका जेन–जी अभियानका युवाहरूलाई बुधबार बिहान सिंहदरबार प्रवेशमै रोकिनुपर्‍यो। मिराज ढुंगानाको नेतृत्वमा आएको समूह गेटमा पुगेपछि प्रहरीले उनीहरूलाई अगाडि बढ्न नदिई अनामनगरतिर धपाएको थियो। त्यस क्रममा दुवै पक्षबीच सामान्य धकेलाधकेल पनि भएको बताइन्छ।

मंगलबार २१ वटा जेन–जी समूह सिंहदरबार पुगे पनि भित्र पस्न नपाएपछि उनीहरूले दक्षिण गेटमै मागपत्र टाँसेर फर्किएका थिए। आज भने प्रहरीको कडाइ झनै बढेको युवाहरूको आरोप छ।

सरकारले युवाहरूको आवाज दबाउन खोजेको भन्दै समूहले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्‍यो। उनीहरूका अनुसार यो आन्दोलन ०८४ सालको निर्वाचनलाई मात्र लक्षित नभई सरकारप्रति असन्तोष र घाइते तथा शहीदका सपना पूरा नहोएको पीडाबाट उठेको प्रतिक्रिया हो।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...