News Portal

निर्वाचन स्वच्छ र भयमुक्त हुनुपर्छ – रावलको जोड

१३७ पटक

धनगढी, मंसिर ७ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले पार्टी आगामी ताजा जनादेशका लागि पूर्ण तयारी अवस्थामा रहेको बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रावलले निर्वाचन तोकिएको मिति फागुन २१ मा स्वच्छ र भयमुक्त वातावरणमा हुनुपर्नेमा जोड दिए।

उनले भने, “कारागारबाट फरार रहेका कैदीहरू अझै नियन्त्रणमा आएका छैनन्, हतियार र गोलीहरू बरामद भएका छैनन्। सरकारले यसबारे ध्यान दिनुपर्छ।” निर्वाचनको वातावरण सुरक्षित नभएसम्म प्रक्रिया कठिन हुने रावलको भनाइ थियो।

रावलले मंसिर १२ बाट सुरु हुने “एकता सन्देश” सभाले पार्टीको जनलहर थप वृद्धि गर्ने दाबी पनि गरे। धनगढी रंगशालामा हुने उक्त सभामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायत अन्य नेताहरूले सम्बोधन गर्नेछन्।

उनले एमाले र कांग्रेसको दम्भका कारण भदौ २३–२४ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख जिम्मेवार रहेको आरोप पनि लगाए। साथै, चुनावले अपराधमा संलग्न व्यक्तिहरू र अव्यवस्थित प्रवृत्तिलाई पाखा लगाउने बताए।

रावलले एमालेभित्रको असन्तुष्टि र विवादका कारण ठूलो सङ्ख्यामा नेताहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्न सक्ने सम्भावनाको पनि संकेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...