News Portal

स्वर्णिम वाग्ले भेटे रवि लामिछाने, सरकारलाई कोर्स करेक्सनको सिफारिस

१२८ पटक

काठमाडौं, मंसिर २ – रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेसँग भेटेर उनको मुद्दामा सरकारलाई पुनर्विचार गर्न सुझाव दिएका छन्। नख्खु कारागारमा लामिछानेसँग भेटेर फर्कने क्रममा वाग्लेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राजनीतिक घटनाक्रमबारे आफ्नो दृष्टिकोण साझा गरे।

उनका अनुसार तत्कालीन ओली सरकारले लामिछानेमाथि प्रतिशोधको राजनीति चलाएको प्रमाण ४० लाख हस्ताक्षरमा देखिन्छ। त्यसैले संसदीय छानबिन समितिको प्रतिवेदनको पेज नम्बर ४४९ फेरि अध्ययन गरी आवश्यक कानुनी अनुसन्धान गर्न सरकारसँग आग्रह गरिएको छ।

वाग्लेले अदालतप्रति कुनै प्रश्न नभए पनि न्यायाधीशको नियुक्ति प्रक्रियामा उठेका शंका र तत्कालीन क्याबिनेट बैठकमा गरिएको निर्णयको दुराशयको विषयमा पुनर्विचार आवश्यक रहेको बताए। साथै, प्रधानमन्त्री हुनुअघि सुशीला कार्कीले लामिछानेमाथि अन्याय भएको भन्दै उठाएको विषयलाई स्मरण गर्दै, कोर्स करेक्सनका लागि सरकारसँग माग राखिएको छ।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...