News Portal

रंगेली–गान्धी आश्रम सडकको काम तीव्र गतिमा अघि बढ्यो

२४० पटक

रबिन्द्र बराल/मोरङ, मंसिर २ – मोरङको रंगेलीदेखि गान्धी आश्रम हुँदै पथरी जोडिने सडकको काम तीव्र गतिमा अघि बढेको छ। २०७६ कार्तिकमा निर्माण कार्य सुरु भए पनि नेपाल सरकारको ढिला–सुस्तिका कारण गान्धी सडक विगत ६ वर्षदेखि सुस्त गतिमा निर्माण हुँदै आएको थियो। यस कारण स्थानीय बासिन्दा धुलो र हिलोका कारण समस्या भोग्दै आएका थिए।

हालको जेन्जी युवाहरूको सरकारले काम नगर्ने ठेक्केदारहरूलाई कारवाही प्रक्रिया अघि बढाएपछि ठेक्केदारहरूले आफ्नो काम धमाधम अघि बढाइरहेका छन्। यस सडक निर्माणकार्यका लागि नेपाल सरकारले १ अर्ब ३९ करोड ५८ लाख ५१ हजार ५ सय ८७ रुपैयाँमा ठेक्का प्रदान गरेको थियो।

काम गरेको बापत कान्छाराम कन्स्ट्रक्सनले ४४ करोड ९८ लाख ६७ हजार ३ सय ९८ रुपैयाँ भुक्तानी पाइसकेको छ, जानकारी क्यान्टक मेनेजर बिनेश कुमार यादवले दिएका छन्। उनका अनुसार हुलाकी सडक निर्देशनालयले हालसम्म कामको मूल्याङ्कन गरी रकम निकासा गर्न ढिलाइ गरिरहेको हुँदा काम गर्न कठिनाइ भइरहेको छ।

कान्छाराम कन्स्ट्रक्सनले रंगेलीदेखि पथरीसम्मको २५ किलोमिटर सडकमा कालोपत्रेको जिम्मेवारी लिएको छ। हालसम्म नालाको काम सम्पन्न भए पनि अन्य काम बाँकी रहेको छ। यादवका अनुसार मंसिर १० गतेदेखि रंगेली क्षेत्रबाट समेत काम सुरु गर्ने र ८३ असारसम्ममा २५ किलोमिटर सडकको कालोपत्रे सक्ने लक्ष्य रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...