News Portal

पठाओको राइडर छनोट अब थप कडा, अनिवार्य अनलाइन तालिम र परीक्षा लागू

१९९ पटक

काठमाडौँ, मंसिर २ – राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले राइडर भर्ना प्रक्रिया नयाँ मोडेलमा अघि बढाउँदै अनलाइन तालिम र परीक्षा अनिवार्य गरेको छ। हिमाली संचार संवाददाताका अनुसार कम्पनीले सुरक्षालाई प्रमुख मापदण्ड मान्दै राइडर चयनमा कडाइ बढाएको हो।

पठाओकी निर्देशक सुरक्षा हमालका भनाइअनुसार अब राइडर बन्न इच्छुकहरुले ब्लूबुक, चालक अनुमति पत्र र तेस्रो पक्ष बीमा अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्छ। कागजातहरू अपलोड गरी ड्राइभ एपमा खाता खोलेपछि कम्पनीले २४ घण्टाभित्र प्रमाणीकरण प्रक्रिया पूरा गर्नेछ।

प्रमाणीकरणपछि एपमै रहेको लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) मार्फत अनलाइन प्रशिक्षण लिनुपर्नेछ। प्रशिक्षण सकेपछि हुने परीक्षामा कम्तीमा ८० प्रतिशत अंक अनिवार्य गरिएको छ। असफल हुनेले भोलिपल्ट पुनः तालिम लिएर फेरि परीक्षा दिन सक्नेछन्।

हमालका अनुसार सुरक्षालाई सेवा संचालनको मूल आधार मानिएकोले उच्च अंकको मापदण्डले गुणस्तरीय र जिम्मेवार राइडर सुनिश्चित गर्ने उद्देश्य राखिएको छ। कम्पनीले उपलब्ध गराएको तथ्यांकअनुसार करिब ८५ प्रतिशत आवेदक पहिलो प्रयासमै परीक्षा पास गर्छन्। हाल सक्रिय राइडरहरूले मासिक ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्न सक्ने उल्लेख छ।

परीक्षामा सफल भएकालाई एसएमएसमार्फत सम्झौता पत्र पठाइने र सम्झौतामा हस्ताक्षर गरेपछि मात्रै उनीहरू आधिकारिक रूपमा पठाओ राइडरका रूपमा सेवा सञ्चालन गर्न पाउने कम्पनीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...