News Portal

पुस ६ गते हुने नेपाल आइडल’को फाइनल

हिमाली संचार संवाददाता
५९६ पटक

काठमाडौं : सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’को फाइनल नेपालमा हुने भएको छ । गत वर्षको ‘नेपाल आइडल’ सिजन वनको फाइनल कतारमा भएको थियो । पुस ६ गते फाइनल काठमाडौं अथवा पोखरा मध्ये एक ठाउँमा हुनेछ ।

अन्नपूर्ण मिडिया नेटवर्कका मेनेजिङ डाइरेक्टर लक्ष्मीप्रसाद पौडेलका अनुसार काठमाडौं र पोखरा मध्ये कुनै एक ठाउँमा फाइनल हुनेछ । अहिले उपयुक्त स्थान खोज्ने काम भइरहेको पौडेलले बताए ।

नेपाल आइडलमा अहिलेसम्म पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड गरि चार जना प्रतिस्पर्धी बाँकी छन् । अब एक जना प्रतिस्पर्धाबाट बाहिरिए पछि तीन जनाले ग्राण्ड फिनालेका लागि प्रतिस्पर्धा गर्नेछन् ।

विक्रम र सुमित गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् । गोल्डेन माइक पाउने पोखराकी निलिमा थापा मगर र चितवनका मीनराज पौडेल प्रतिस्पर्धाबाट बाहिरि सकेका छन् । ‘नेपाल आइडल’को निर्णायकका रुपमा न्युह् बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी छन् । सिजन वनमा पनि उनीहरु नै निर्णायक थिए । होस्टमा गत शिजनमा सुशील नेपाल र रिमा विश्वकर्मा रहेकोमा अहिले सुशीलको ठाउँका आशिफ शाह छन् ।

सिजन वनमा गाला राउण्डमा पुगिसकेपछि दर्शकको भोटका आधारमा प्रतिस्पर्धीको निर्णय गरिएको थियो । तर, यो सिजनमा भने परिमार्जन गरेर गाला राउण्डमा पनि निर्णायकमा ५० प्रतिशत अधिकार राखिएको छ ।

‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।

सिजन वनमा बुद्ध लामा नेपाल आइडल भएका थिए । लामा पहिलो नेपाल आइडल हुँदा फष्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास भएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...