News Portal

मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

९९ पटक

जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको छ। यही विवादका कारण सात दलीय गठबन्धनका सांसद आइतबार प्रदेश सभा भवन अगाडि धर्नामा बस्दै विरोधमा उत्रिए।

कांग्रेससहित गठबन्धनमा रहेका दलका सांसदहरूले प्रदेश सभा परिसरमा बाटो नै रोक्दै विरोध प्रदर्शन गरे। सभामुख रामचन्द्र मण्डलमाथि गम्भीर आरोप लगाउँदै उनीहरूले शनिबार चौरमै वैकल्पिक प्रदेश सभा बैठक संचालन गरेका थिए।

२४ कात्तिकमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई ठूलो दलको स्थिति नहेरी मुख्यमन्त्री नियुक्त गरेपछि विवाद सुरु भएको हो। होटलमै शपथ गराइएको सो घटनालाई सात दलले गैरकानुनी र असंवैधानिक भन्दै निरन्तर प्रतिवाद गरिरहेका छन्।

गठबन्धनले मुख्यमन्त्री नियुक्ति खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेको छ। यतिमात्र होइन, उनीहरूले सभामुख मण्डलविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेर राजनीतिक दबाब अझै बढाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...