News Portal

बालुवाटारमा मिरज ढुंगानाका सात बुँदे सर्त पेश

२४३ पटक

काठमाडौं, कार्तिक १३  — जेनजी आन्दोलनका अगुवा र गरिखान देउवका अध्यक्ष मिरज ढुंगानाले बालुवाटारमा सरकार र राजनीतिक दलसँग भएको त्रिपक्षीय बैठकमा सात बुँदे सर्त अघि सारेका छन्। उनका अनुसार देशमा स्थायित्वयुक्त सरकार निर्माण र सुशासनका लागि केही आवश्यक कदमहरू चालिनुपर्छ।

ढुंगानाले सार्वजनिक गरेको विज्ञप्तिमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली लागू गर्ने, स्वतन्त्र भ्रष्टाचार अनुसन्धान निकाय गठन गर्ने, र विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने जस्ता बुँदाहरू समावेश छन्।

उनले संघीय संरचना अप्रभावकारी भएको उल्लेख गर्दै संघीय र प्रदेश सरकारबीच दोहोरोपन हटाउने, प्रदेश खर्च घटाउने र मन्त्रालयहरूमा गैरराजनीतिक पात्रलाई जिम्मेवारी दिनुपर्ने सुझाव दिएका छन्।

त्यस्तै, जेनजी आन्दोलनलाई राजनीतिक जनआन्दोलनमा रूपान्तरण गर्नुपर्ने, शहीद परिवार र घाइतेहरूको व्यवस्थापनका लागि आयोग गठन गर्नुपर्ने, र हालैका दमनका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग पनि विज्ञप्तिमा समावेश गरिएको छ।

ढुंगानाले संघीय तहका ७७ जिल्ला समन्वय समितिहरू खारेज गरी स्थानीय तहमा विकास र सेवा प्रवाह केन्द्रित गर्नुपर्ने तथा प्रदेशको खर्च ४० प्रतिशतले कटौती गर्न सकिने प्रस्ताव पनि राखेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...