News Portal

संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

२७४ पटक

काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा जानु निरर्थक हुने बताएका छन्। उनले जेनजी आन्दोलनले उठाएको परिवर्तनको मर्म पूरा गर्न संविधान संशोधनलाई पहिलो सर्तका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।

बुधबार सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच भइरहेको त्रिपक्षीय वार्ताबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले भने, “संविधान संशोधन नगरी चुनावमा गइयो भने हात्ती आयो हात्ती आयो फुस्सा मात्र हुनेछ। चुनावले मान्छे बदल्न सक्छ, तर देशको अवस्था बदल्दैन।”

उनले वार्ताले संविधान संशोधन गरेर मात्र चुनावमा जाने सहमति खोज्नुपर्ने बताउँदै युवाहरूलाई पुनः भ्रममा पार्ने प्रयास हुन सक्ने चेतावनी दिए। “राष्ट्रपतिले जस्तै दल र सरकारले पनि फेरि युवाहरूलाई झुक्काउन सक्छन्,” उनले लेखेका छन्।

शाहीले वार्तामा सहभागी जेनजी प्रतिनिधिहरूको नियतमाथि पनि प्रश्न उठाए। उनका अनुसार प्रधानमन्त्रीले बोलाएका जेनजी नामधारीहरूमध्ये अधिकांश एनजिओसँग सम्बन्धित छन्। उनले भने, “त्यो टिमभित्र सच्चा राष्ट्रवादी युवाहरू छन् भने पनि आफ्नै समूहबाट धोका हुन सक्छ, त्यसैले सचेत रहनुहोस्।”

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...