News Portal

संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

१३१ पटक

काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा जानु निरर्थक हुने बताएका छन्। उनले जेनजी आन्दोलनले उठाएको परिवर्तनको मर्म पूरा गर्न संविधान संशोधनलाई पहिलो सर्तका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।

बुधबार सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच भइरहेको त्रिपक्षीय वार्ताबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले भने, “संविधान संशोधन नगरी चुनावमा गइयो भने हात्ती आयो हात्ती आयो फुस्सा मात्र हुनेछ। चुनावले मान्छे बदल्न सक्छ, तर देशको अवस्था बदल्दैन।”

उनले वार्ताले संविधान संशोधन गरेर मात्र चुनावमा जाने सहमति खोज्नुपर्ने बताउँदै युवाहरूलाई पुनः भ्रममा पार्ने प्रयास हुन सक्ने चेतावनी दिए। “राष्ट्रपतिले जस्तै दल र सरकारले पनि फेरि युवाहरूलाई झुक्काउन सक्छन्,” उनले लेखेका छन्।

शाहीले वार्तामा सहभागी जेनजी प्रतिनिधिहरूको नियतमाथि पनि प्रश्न उठाए। उनका अनुसार प्रधानमन्त्रीले बोलाएका जेनजी नामधारीहरूमध्ये अधिकांश एनजिओसँग सम्बन्धित छन्। उनले भने, “त्यो टिमभित्र सच्चा राष्ट्रवादी युवाहरू छन् भने पनि आफ्नै समूहबाट धोका हुन सक्छ, त्यसैले सचेत रहनुहोस्।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...