
काठमाडौं, कार्तिक १२ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरसँग बुधबार नयाँ दिल्लीमा भेटवार्ता गरेका छन्।
मन्त्री घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौं महासभामा सहभागी हुन भारत पुगेका थिए। सो अवसरमा दुबै देशका मन्त्रीबीच विद्युत व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति र दीर्घकालीन ऊर्जा सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो।
भेटवार्तामा भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव तथा नेपालका सहसचिव सागरराज गौतमलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
