News Portal

स्पष्ट आधारबिना कम्युनिस्ट एकता सम्भव छैन : अध्यक्ष माधव नेपाल

२२८ पटक

काठमाडौं, कात्तिक १२ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट सिद्धान्त र साझा आधारबिना त्यो सम्भव नहुने बताएका छन्।

बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले भने, “समाजवादी क्रान्ति पूरा गर्न बलियो क्रान्तिकारी शक्ति चाहिन्छ, र यस्तो शक्ति कम्युनिस्ट पार्टीहरूको एकताबाट मात्र निर्माण हुन सक्छ।”

तर नेपालका अनुसार, पार्टी एकता भावनात्मक होइन, सिद्धान्तगत स्पष्टतामा आधारित हुनुपर्छ। उनले जोड दिँदै भने, “पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिकारी कार्यक्रम, कार्यदिशा र कार्यनीति जस्ता मूलभूत विषयमा समानता नआएसम्म एकता सम्भव हुँदैन।”

उनले थपे, “जब ती विषयमा सहमति र समानता स्थापित हुन्छ, तब एकता गर्न ढिलाइ गर्नु पनि उचित हुँदैन।”

नेपालको भनाइ अनुसार, कम्युनिस्ट एकताको चर्चा सधैं भइरहे पनि त्यसका लागि विचार, उद्देश्य र दिशामा स्पष्ट एकरूपता हुनु जरुरी छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...