News Portal

कल्याणकारी प्रथम सांगितीक धमाकाको तयारी पूरा, दुर्गेश थापाले शुक्रबार कुवेत तताउने !

हिमाली संचार संवाददाता
८६४ पटक

डिसेम्बर १०, कुवेत : आउदो शुक्रबार डिसेम्बर १४ तारीख कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजनामा हुन लागेको “कल्याणकारी प्रथम सांगितीक धमाका २०७५” को तयारी पूरा भएको समाजले जानकारी दिएको छ।

कार्यक्रममा धमका मच्चाउन चर्चित लोकपप गायक, मोडल तथा डान्सर दुर्गेश थापा सगै स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने समाजले जानकारी दिएको छ।

साथै उपस्थितिका लागि कुवेतमा रहनुभएका समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार, खेलाडी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवाबर्ग साथै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई पत्र पठाईसकिएको र कोहि कसैले पत्र प्राप्त गर्नु भएको छैन भने यसै समाचारलाई आधार मानी यहाँहरुको गरिमामय उपस्थितिको लागि समाजका अध्यक्ष निरज सिंह ठकुरीले अनुरोध समेत गरेका छन।

उपस्थितिका लागि
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल, जिलिब

मिति : १४ डिसेम्बर २०१८ शुक्रबार

समय : १२:३० बजे

आयोजक : कल्याणकारी नेपाली युवा समाज कुवेत।

यो पनि पढ्नुहोस।

कुवेतमा दुर्गेश थापाको साथमा कल्याणकारी प्रथम सांगितीक धमाका २०७५ हुदै 

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...