News Portal

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

२५० पटक

काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण लगभग पक्का भइसकेको छ। नेतृत्वको विषय टुंग्याउने जिम्मा प्रचण्ड र माधवकुमार नेपाललाई दिइएको छ।

पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद रहनेछ भने नीति तथा कार्यक्रम नेपाली विशेषतासहितको समाजवादमा आधारित हुनेछ। माओवादी केन्द्रले माओवाद छाड्ने र समाजवादीले पहिले नै बहुदलीय जनवाद परित्याग गरिसकेको छ।

पार्टीको नामबारे अन्तिम निर्णय बाँकी छ। सम्भावित नाममा नेपाल कम्युनिस्ट पार्टी समाजवादी वा नेकपा समाजवादी रहेका छन्। केही नेताहरूले “समाजवादी केन्द्र” राख्ने प्रस्ताव राखे पनि छोटकरी नाम ‘सके’ हुने भएकाले अस्वीकार गरिएको छ।

नेतृत्व संरचनाको मोडालिटीअनुसार प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बन्ने प्रस्ताव अघि बढाइएको छ। दुई अध्यक्षको मोडालिटी अघिल्ला प्रयासमा असफल भएकाले यो पटक त्यसतर्फ नजान सहमति भएको छ।

विप्लव नेतृत्वको नेकपा समावेश हुने सम्भावना पनि छ। नेताहरूका अनुसार एकता घोषणा भएपछि अन्य वाम घटकहरूसँग पनि सहकार्य बढ्नेछ। सचिवालय र अन्य संरचनाहरू संयोजन गरेर नयाँ पार्टीको गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

एकीकृत पार्टीले वाम शक्तिलाई पुनः एक ठाउँ ल्याउने र नेपाली राजनीतिमा नयाँ समीकरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...