
काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण लगभग पक्का भइसकेको छ। नेतृत्वको विषय टुंग्याउने जिम्मा प्रचण्ड र माधवकुमार नेपाललाई दिइएको छ।
पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद रहनेछ भने नीति तथा कार्यक्रम नेपाली विशेषतासहितको समाजवादमा आधारित हुनेछ। माओवादी केन्द्रले माओवाद छाड्ने र समाजवादीले पहिले नै बहुदलीय जनवाद परित्याग गरिसकेको छ।
पार्टीको नामबारे अन्तिम निर्णय बाँकी छ। सम्भावित नाममा नेपाल कम्युनिस्ट पार्टी समाजवादी वा नेकपा समाजवादी रहेका छन्। केही नेताहरूले “समाजवादी केन्द्र” राख्ने प्रस्ताव राखे पनि छोटकरी नाम ‘सके’ हुने भएकाले अस्वीकार गरिएको छ।
नेतृत्व संरचनाको मोडालिटीअनुसार प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बन्ने प्रस्ताव अघि बढाइएको छ। दुई अध्यक्षको मोडालिटी अघिल्ला प्रयासमा असफल भएकाले यो पटक त्यसतर्फ नजान सहमति भएको छ।
विप्लव नेतृत्वको नेकपा समावेश हुने सम्भावना पनि छ। नेताहरूका अनुसार एकता घोषणा भएपछि अन्य वाम घटकहरूसँग पनि सहकार्य बढ्नेछ। सचिवालय र अन्य संरचनाहरू संयोजन गरेर नयाँ पार्टीको गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
एकीकृत पार्टीले वाम शक्तिलाई पुनः एक ठाउँ ल्याउने र नेपाली राजनीतिमा नयाँ समीकरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
