News Portal

  • नेतृत्वबारे निर्णय सदस्यकै अधिकार, पत्रकारले होइन : प्रचण्ड

    ३४ पटक

    काठमाडौँ, कात्तिक २ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नेतृत्व चयन गर्ने अधिकार केवल सदस्यहरूमै सीमित रहेको बताएका छन्। उनले पत्रकार वा बाह्य व्यक्तिले यसबारे टिप्पणी गर्न नहुने बताएका हुन्।

    ललितपुर महानगरपालिका समितिले आइतबार महालक्ष्मीस्थानमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, “पार्टीको नेतृत्वमा को हुनुपर्छ वा होइन भन्ने कुरा पत्रकारले होइन, पार्टी सदस्यहरूले नै निर्णय गर्छन्।”

    उनले देश अहिले असाधारण र जटिल अवस्थामा रहेको भन्दै माओवादी केन्द्रलाई जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। यही कारण १० बुँदे मार्गदर्शन जारी गरिएको उनले स्मरण गराए।

    जेनजी आन्दोलनबारे बोल्दै प्रचण्डले २३ भदौको आन्दोलनले युवामा सुधार र परिवर्तनको भावना जगाएको भए पनि त्यसपछि देखिएको गतिविधिले देशमा नकारात्मक प्रवृत्ति फैलाएको टिप्पणी गरे।

    उनले भने, “जेनजी आन्दोलनका माग पनि हाम्रा माग हुन्। युवाको चाहना अनुसार पार्टी रुपान्तरण भइरहेको छ। संविधान संशोधन र निरन्तर संवाद आवश्यक छ।”

    प्रचण्डले सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक प्रणालीका विषयमा आमजनतालाई बुझाउनुपर्ने बताए।

    उनका अनुसार, “क्रान्तिकारीहरूले गल्ती स्वीकार गर्छन्, तर प्रतिक्रान्तिहरू कहिल्यै गर्दैनन्। माओवादी फेरि रुपान्तरण हुँदै जनताको भरोसा जित्नेछ।”

    कार्यक्रममा उनले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध प्रतिक्रियावादीहरूले गलत सन्देश र षड्यन्त्र सुरु गरेको आरोप पनि लगाए।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ट्रम्पलाई ‘तानाशाह’ भन्दै युरोप, अमेरिका र क्यानडामा ठूलो प्रदर्शन

    काठमाडौँ, कार्तिक २ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीलाई ‘राजासमान’ भएको आरोपमा शनिबार अमेरिका भरि...

    ओलीले दाबी गरे: सुशीला कार्कीको नाम प्रधानमन्त्री सिफारिसमा छैन

    काठमाडौं, कार्तिक २  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारको प्रधानमन्त्री चयनको क्रममा...

    ओलीद्वारा देश र जनताप्रति स्थायी बफादारीको दाबी

    काठमाडौं, कार्तिक २  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमानमा देश अस्थिर र त्रासपूर्ण...

    इजरायलमा विपिन जोशीप्रति श्रद्धाञ्जली, भोलि नेपाल ल्याइँदै शव

    काठमाडौं, कार्तिक २ – इजरायलमा हमासद्वारा अपहरणपछि मारिएका कञ्चनपुरका विपिन जोशीको शव नेपाल पठाउनुअघि तेल...

    नेतृत्वबारे निर्णय सदस्यकै अधिकार, पत्रकारले होइन : प्रचण्ड

    काठमाडौँ, कात्तिक २ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नेतृत्व...