News Portal

नेतृत्वबारे निर्णय सदस्यकै अधिकार, पत्रकारले होइन : प्रचण्ड

३१७ पटक

काठमाडौँ, कात्तिक २ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नेतृत्व चयन गर्ने अधिकार केवल सदस्यहरूमै सीमित रहेको बताएका छन्। उनले पत्रकार वा बाह्य व्यक्तिले यसबारे टिप्पणी गर्न नहुने बताएका हुन्।

ललितपुर महानगरपालिका समितिले आइतबार महालक्ष्मीस्थानमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, “पार्टीको नेतृत्वमा को हुनुपर्छ वा होइन भन्ने कुरा पत्रकारले होइन, पार्टी सदस्यहरूले नै निर्णय गर्छन्।”

उनले देश अहिले असाधारण र जटिल अवस्थामा रहेको भन्दै माओवादी केन्द्रलाई जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। यही कारण १० बुँदे मार्गदर्शन जारी गरिएको उनले स्मरण गराए।

जेनजी आन्दोलनबारे बोल्दै प्रचण्डले २३ भदौको आन्दोलनले युवामा सुधार र परिवर्तनको भावना जगाएको भए पनि त्यसपछि देखिएको गतिविधिले देशमा नकारात्मक प्रवृत्ति फैलाएको टिप्पणी गरे।

उनले भने, “जेनजी आन्दोलनका माग पनि हाम्रा माग हुन्। युवाको चाहना अनुसार पार्टी रुपान्तरण भइरहेको छ। संविधान संशोधन र निरन्तर संवाद आवश्यक छ।”

प्रचण्डले सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक प्रणालीका विषयमा आमजनतालाई बुझाउनुपर्ने बताए।

उनका अनुसार, “क्रान्तिकारीहरूले गल्ती स्वीकार गर्छन्, तर प्रतिक्रान्तिहरू कहिल्यै गर्दैनन्। माओवादी फेरि रुपान्तरण हुँदै जनताको भरोसा जित्नेछ।”

कार्यक्रममा उनले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध प्रतिक्रियावादीहरूले गलत सन्देश र षड्यन्त्र सुरु गरेको आरोप पनि लगाए।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...