News Portal

विपिन जोशीको शव ल्याउने तयारी अन्तिम चरणमा, आमा र बहिनी काठमाडौं फर्किए

१८५ पटक

काठमाडौं, असोज ३० – इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आवश्यक कानुनी तथा कागजी काम पूरा गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज बिहान अमेरिकाबाट स्वदेश फर्किएका छन्। उनीहरू कतार एयरवेजको विमानमार्फत बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

विपिनको अवस्थाबारे जानकारी लिन र उनको सकुशल मुक्तिका लागि दबाब सिर्जना गर्न उनीहरू पहिले इजरायल र त्यसपछि अमेरिका पुगेका थिए। तर उनीहरू अमेरिकामै रहँदा हमासले विपिनको मृत्यु भएको पुष्टि गर्दै उनको शव इजरायललाई हस्तान्तरण गरेको थियो।

जोशी परिवारको इजरायल, अमेरिका र नेपालबीचको सम्पूर्ण यात्रा व्यवस्थापन इजरायली सरकारले गरेको जनाएको छ।

स्मरणीय छ, करिब दुई वर्षअघि इजरायलको “लर्न एन्ड अर्न” कार्यक्रमअन्तर्गत अध्ययन र कामका लागि गएका १७ जना नेपालीमध्ये १० जनाको हमास आक्रमणमा मृत्यु भएको थियो। सोही घटनामा अपहरणमा परेका विपिन जोशीको मृत्यु हालै पुष्टि भएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...