News Portal

रामबाघ महलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

१२६ पटक

ललितपुर, असोज २९ – नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक बुधबार ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बसेको हो।

बैठकमा अध्यक्ष ओलीले सरकार गठन प्रक्रिया, प्रतिनिधिसभा विघटनको असंवैधानिकता, राजनीतिक संवादको अभाव र निष्पक्ष निर्वाचनप्रतिको आशंका जस्ता विषय समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी गरेका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, ओलीको प्रतिवेदनले हालको राजनीतिक अवस्थामाथि विस्तृत समीक्षा गर्नेछ।

एमालेले केही दिनअघि मात्रै बसेको सचिवालय बैठकमार्फत पार्टीलाई ११औं महाधिवेशनमा लैजाने निर्णय गरिसकेको थियो। अहिलेको बैठकले महाधिवेशनको मिति र स्थान टुंगो लगाउनेछ।

बैठकमा संविधान र लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूसँग सहकार्य गर्दै संसद पुनर्स्थापनाको मुद्दा बलियो रूपमा अघि बढाउने रणनीति तयार पारिने भएको छ। साथै, अध्यक्षको प्रतिवेदनपछि इच्छुक केन्द्रीय सदस्यहरूलाई आफ्ना धारणा राख्न तीन–तीन मिनेट समय दिइनेछ।

नेतृत्व परिवर्तन, पार्टी पुनर्गठन र आगामी राजनीतिक दिशाबारे पनि बैठकमा छलफल हुने जनाएको छ। एमालेको यो बैठक तीन दिनसम्म चल्नेछ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...