News Portal

रामबाघ महलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

१७६ पटक

ललितपुर, असोज २९ – नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक बुधबार ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बसेको हो।

बैठकमा अध्यक्ष ओलीले सरकार गठन प्रक्रिया, प्रतिनिधिसभा विघटनको असंवैधानिकता, राजनीतिक संवादको अभाव र निष्पक्ष निर्वाचनप्रतिको आशंका जस्ता विषय समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी गरेका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, ओलीको प्रतिवेदनले हालको राजनीतिक अवस्थामाथि विस्तृत समीक्षा गर्नेछ।

एमालेले केही दिनअघि मात्रै बसेको सचिवालय बैठकमार्फत पार्टीलाई ११औं महाधिवेशनमा लैजाने निर्णय गरिसकेको थियो। अहिलेको बैठकले महाधिवेशनको मिति र स्थान टुंगो लगाउनेछ।

बैठकमा संविधान र लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूसँग सहकार्य गर्दै संसद पुनर्स्थापनाको मुद्दा बलियो रूपमा अघि बढाउने रणनीति तयार पारिने भएको छ। साथै, अध्यक्षको प्रतिवेदनपछि इच्छुक केन्द्रीय सदस्यहरूलाई आफ्ना धारणा राख्न तीन–तीन मिनेट समय दिइनेछ।

नेतृत्व परिवर्तन, पार्टी पुनर्गठन र आगामी राजनीतिक दिशाबारे पनि बैठकमा छलफल हुने जनाएको छ। एमालेको यो बैठक तीन दिनसम्म चल्नेछ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...