News Portal

गुण्डुमा एमाले पदाधिकारी बैठक, नेतृत्व र राजनीतिक रणनीतिबारे छलफल

१५५ पटक

काठमाडौं, असोज २४ – नेकपा एमालेको पदाधिकारी बैठक आज भक्तपुरको गुण्डुमा सुरू भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली बसोबास गर्दै आएको घरमै बैठक बसिरहेको एमाले स्रोतले जनाएको छ।

बैठकमा हालको राजनीतिक परिस्थिति, नेतृत्वमा देखिएका बहस र पार्टीको आगामी रणनीतिबारे छलफल भइरहेको छ। जेनजी प्रदर्शनपछि विभिन्न दलमा पुस्तान्तरण र नेतृत्व परिवर्तनको चर्चा बढ्दो अवस्थामा छ, तर एमालेभित्र भने अध्यक्ष ओलीको पक्षमा संस्थापन समूह खुलेर उभिएको देखिन्छ।

गए बिहीबार गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अन्तरिम सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए। उनले प्रतिनिधि सभा विघटनको विरोधमा उभिने र पुनःस्थापनाका लागि पहल गर्ने घोषणा पनि गरेका थिए।

भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा ओलीको बालकोटस्थित निजी निवासमा आगजनी भएको थियो। त्यसयता उनी गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन्।

यसैबीच, एमाले निकट युवा संघले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने उद्देश्यले मोटरसाइकल र्‍यालीको तयारी गरेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...