News Portal

जेनजी आन्दोलनमा गोली चलाउनेबारे बालेनको प्रश्न, कार्कीले दिइन् आश्वासन

२३२ पटक

काठमाडौँ, असोज ९ – काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जेनजी आन्दोलनमा भएको दमनबारे गुनासो राखेका छन्। उनले भदौ २३ गतेको प्रदर्शनमा गोली चलाउने र आदेश दिनेहरू अहिलेसम्म किन पक्राउ परेनन् भन्ने प्रश्न उठाएका हुन्।

बालुवाटारमा बुधबार भएको भेटमा बालेनले पीडित परिवारहरू पनि कारबाहीको माग गरिरहेको भन्दै ढिलाइ भए असन्तोष चुलिन सक्ने चेतावनी दिएका थिए। जवाफमा प्रधानमन्त्री कार्कीले दोषी उम्कन नपाउने र छिट्टै कारबाही हुने आश्वासन दिएकी थिइन्।

बालेनले यसअघि पनि जेनजी आन्दोलनलाई समर्थन गर्दै सेनासँग वार्ता र अन्तरिम सरकार गठनको आवश्यकता औंल्याएका थिए। त्यसपछि नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बनेकी हुन्।

यता, सरकारले आन्दोलनका घटनामा छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरे पनि त्यसले अझै काम सुरु गर्न सकेको छैन। भदौ २३ को घटनामा पहिलो दिनमै १९ जनाको मृत्यु भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...