News Portal

जेनजी आन्दोलनमा गोली चलाउनेबारे बालेनको प्रश्न, कार्कीले दिइन् आश्वासन

४०३ पटक

काठमाडौँ, असोज ९ – काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जेनजी आन्दोलनमा भएको दमनबारे गुनासो राखेका छन्। उनले भदौ २३ गतेको प्रदर्शनमा गोली चलाउने र आदेश दिनेहरू अहिलेसम्म किन पक्राउ परेनन् भन्ने प्रश्न उठाएका हुन्।

बालुवाटारमा बुधबार भएको भेटमा बालेनले पीडित परिवारहरू पनि कारबाहीको माग गरिरहेको भन्दै ढिलाइ भए असन्तोष चुलिन सक्ने चेतावनी दिएका थिए। जवाफमा प्रधानमन्त्री कार्कीले दोषी उम्कन नपाउने र छिट्टै कारबाही हुने आश्वासन दिएकी थिइन्।

बालेनले यसअघि पनि जेनजी आन्दोलनलाई समर्थन गर्दै सेनासँग वार्ता र अन्तरिम सरकार गठनको आवश्यकता औंल्याएका थिए। त्यसपछि नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बनेकी हुन्।

यता, सरकारले आन्दोलनका घटनामा छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरे पनि त्यसले अझै काम सुरु गर्न सकेको छैन। भदौ २३ को घटनामा पहिलो दिनमै १९ जनाको मृत्यु भएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...