News Portal

नक्खु जेल प्रकरण : जेनजी आन्दोलनमा सदस्य संलग्नता छानबिन गर्ने रास्वपाको निर्णय

२१६ पटक

काठमाडौं, असोज ९ – जेनजी आन्दोलनका क्रममा उठेका विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छानबिनमा जाने भएको छ। नक्खु कारागारबाट सभापति रवि लामिछानेलाई फर्जी कागजातमार्फत छुटाइएको आरोप सार्वजनिक भएपछि पार्टीभित्रै यसबारे प्रश्न उठेका थिए।

मंगलबार र बुधबार बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार पार्टीले घटनाबारे सत्यतथ्य उजागर गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। भदौ २३ र २४ गतेको आन्दोलनमा रास्वपाका सांसद तथा नेताहरु संलग्न भएको तस्बिर र भिडियो सार्वजनिक भइसकेका छन्। यही कारण घटनाको वास्तविकता पत्ता लगाउन समिति बनाउने निर्णय गरिएको हो।

रास्वपाले जारी गरेको निर्णयमा भनिएको छ, “नक्खु जेलसहित अन्य स्थानमा भएका घटनामा सदस्यहरु संलग्न छन् वा छैनन् भन्नेबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गरिनेछ।”

यसैबीच, पार्टीले कात्तिक १४ र १५ गते केन्द्रीय विस्तारित बैठक गर्ने र उक्त बैठकमा पहिलो राष्ट्रिय महाधिवेशनबारे छलफल गर्ने पनि जनाएको छ।

युवापुस्ता र नयाँ शक्ति समूहसँग सहकार्य गर्ने उद्देश्यले पुकार बमको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ भने आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा सात सदस्यीय वाचापत्र लेखन समिति गठन गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...