News Portal

जेन-जी आन्दोलनपछि लिङदेनको टिप्पणी : ‘युवाहरु हाम्रो पार्टीप्रति सकारात्मक छन्’

१९६ पटक

काठमाडौं, असोज  ८ – हालैको जेनजेड आन्दोलनले मुख्य दलका नेताहरुको घर–घरमा तोडफोड र आगजनी भयो। तर, राजदरबार, पूर्वराजा ज्ञानेन्द्रको निवास र राजावादी नेताहरु भने सुरक्षित रहे।

काठमाडौंमा राप्रपाका नेताहरुको घरमा कुनै आक्रमण भएन। राजधानी बाहिर पनि अधिकांश नेताहरु सुरक्षित रहँदा, दमकका मेयर राम थापा र कोशी प्रदेशकी उपसभामुख मेनुका खाँडको निवासमा भने केही क्षति पुगेको थियो।

राप्रपाले आगजनी र तोडफोडप्रति दुःख व्यक्त गर्दै पनि आन्दोलनमा संलग्न नयाँ पुस्ता आफ्नो पार्टीप्रति सकारात्मक देखिएको निष्कर्ष निकालेको छ। यही विषयमा अध्यक्ष राजेन्द्र लिङदेनले मंगलबार ४० वर्ष मुनिका केन्द्रीय सदस्यहरुसँग छलफल गरे।

छलफलमा उनले अघिल्ला चेतावनी सम्झिँदै भने, “नेताहरुले घरमा पैसा थुपारिरहेका छन् भनेर मैले तीन वर्ष अघि नै भनेको थिएँ, अहिले त्यो सत्य सावित भयो। समयमै नयाँ सम्झौता नगर्ने हो भने देश ठूलो दुर्घटनामा पर्छ भन्ने मेरो चेतावनीलाई कसैले गम्भीरतापूर्वक लिएनन्।”

लिङदेनको भनाइअनुसार, आन्दोलनले नेतृत्व पुस्तान्तरणको बहसलाई अझ बलियो बनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...