News Portal

रास्वपाको वेबसाइटमा ह्याकर समूहको आक्रमण, रवि लामिछाने लक्षित सन्देश

२३१ पटक

काठमाडौँ, असोज ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक वेबसाइट ‘जेनजी राइजिङ नेपाल’ नामक ह्याकर समूहले नियन्त्रणमा लिएर विवादास्पद सन्देश प्रकाशित गरेको छ।

ह्याकरले वेबसाइटको ‘प्रेस विज्ञप्ति’ खण्डमार्फत एसक्यूएल इन्जेक्सन प्रयोग गरी राखेको सन्देशमा पार्टी अध्यक्ष रवि लामिछानेलाई लक्षित गर्दै “न क्षमा दिने, न बिर्सने” भन्ने चेतावनी दिइएको छ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा नख्खु जेलमा रहेका लामिछानेलाई निकालिएको घटनाको प्रतिशोधस्वरूप वेबसाइट ह्याक गरिएको समूहले दाबी गरेको छ।

प्रकाशित सन्देशमा रास्वपाको राजनीति पुरानै ढाँचालाई नयाँ रुपमा बेच्ने प्रयास भएको आरोप लगाइएको छ। साथै, पार्टी नेतृत्व जनताप्रति जवाफदेही नभई प्रचार, विवाद र आर्थिक अनियमिततामा अल्झिएको टिप्पणीसमेत गरिएको छ।

समूहले अन्त्यमा, “हामी माफ गर्दैनौँ, हामी बिर्सदैनौँ, हामी आउँदैछौँ” भन्दै चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...