News Portal

रास्वपाको वेबसाइटमा ह्याकर समूहको आक्रमण, रवि लामिछाने लक्षित सन्देश

१८२ पटक

काठमाडौँ, असोज ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक वेबसाइट ‘जेनजी राइजिङ नेपाल’ नामक ह्याकर समूहले नियन्त्रणमा लिएर विवादास्पद सन्देश प्रकाशित गरेको छ।

ह्याकरले वेबसाइटको ‘प्रेस विज्ञप्ति’ खण्डमार्फत एसक्यूएल इन्जेक्सन प्रयोग गरी राखेको सन्देशमा पार्टी अध्यक्ष रवि लामिछानेलाई लक्षित गर्दै “न क्षमा दिने, न बिर्सने” भन्ने चेतावनी दिइएको छ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा नख्खु जेलमा रहेका लामिछानेलाई निकालिएको घटनाको प्रतिशोधस्वरूप वेबसाइट ह्याक गरिएको समूहले दाबी गरेको छ।

प्रकाशित सन्देशमा रास्वपाको राजनीति पुरानै ढाँचालाई नयाँ रुपमा बेच्ने प्रयास भएको आरोप लगाइएको छ। साथै, पार्टी नेतृत्व जनताप्रति जवाफदेही नभई प्रचार, विवाद र आर्थिक अनियमिततामा अल्झिएको टिप्पणीसमेत गरिएको छ।

समूहले अन्त्यमा, “हामी माफ गर्दैनौँ, हामी बिर्सदैनौँ, हामी आउँदैछौँ” भन्दै चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...