News Portal

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि जारी

२०३ पटक

काठमाडौं, असोज ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बसिरहेको छ। हिजोदेखि वनस्थलीस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकलाई निरन्तरता दिइएको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ। अधिकांश सदस्यहरूले आफ्नो धारणा प्रस्तुत गरिसकेकाले अब बाँकी १० सदस्य र पदाधिकारीहरूको पालो रहेको उनले जानकारी दिए।

उनका अनुसार पदाधिकारीहरूले विचार राखेपछि बाँकी रहेका तीन एजेन्डामाथि छलफल गरेर निर्णय गरिनेछ। बैठकलाई आजै ५ देखि ६ घण्टाभित्र टुंग्याउने तयारी पनि गरिएको छ।

बैठकमा हालसालैका राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक विषय, महाधिवेशन तथा सभापति रवि लामिछानेमाथि उठेका प्रश्नबारे नेताहरूले आ–आफ्नो धारणा प्रस्तुत गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...