News Portal

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि जारी

१५१ पटक

काठमाडौं, असोज ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बसिरहेको छ। हिजोदेखि वनस्थलीस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकलाई निरन्तरता दिइएको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ। अधिकांश सदस्यहरूले आफ्नो धारणा प्रस्तुत गरिसकेकाले अब बाँकी १० सदस्य र पदाधिकारीहरूको पालो रहेको उनले जानकारी दिए।

उनका अनुसार पदाधिकारीहरूले विचार राखेपछि बाँकी रहेका तीन एजेन्डामाथि छलफल गरेर निर्णय गरिनेछ। बैठकलाई आजै ५ देखि ६ घण्टाभित्र टुंग्याउने तयारी पनि गरिएको छ।

बैठकमा हालसालैका राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक विषय, महाधिवेशन तथा सभापति रवि लामिछानेमाथि उठेका प्रश्नबारे नेताहरूले आ–आफ्नो धारणा प्रस्तुत गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...