News Portal

देउवा दम्पती डिस्चार्ज हुँदै, अस्थायी बसोबास ललितपुरमा

१८० पटक

काठमाडौं, असोज ८ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन्।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा आक्रमणमा परेका दुवैजनाको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन्। स्वकीय सचिव भानु देउवाका अनुसार डिस्चार्जपछि उनीहरू अस्थायी रूपमा ललितपुरमा बस्ने तयारीमा छन्।

‘सानेपा वा जावलाखेलमध्ये कुनै एक स्थान रोजिनेछ,’ उनले जानकारी दिए। डा. राणाको माइती घर सानेपास्थित झम्सिखेलमा छ भने उनका भाइ भूषण राणाको निवास जावलाखेलमा रहेको छ। झम्सिखेलस्थित घरसँगै कांग्रेस नेता जितजंग बस्नेतको निवास पनि रहेकाले आवास व्यवस्थापनमा उनी सक्रिय रहेको बताइन्छ।

नेताहरूले जावलाखेलस्थित घर सुरक्षाको हिसाबले संवेदनशील भएको सुझाव दिएका छन्, किनभने उक्त घर प्रशासनिक प्रशिक्षण केन्द्र अगाडिको व्यस्त क्षेत्रमा पर्छ। झम्सिखेलको घर भने होटल भिभान्तानजिकै रहेको छ।

बूढानीलकण्ठस्थित स्थायी निवास आन्दोलनका क्रममा क्षतिग्रस्त भएकाले पुनर्निर्माण सम्पन्न नभएसम्म देउवा दम्पती ललितपुरमै बस्ने तयारीमा रहेका छन्।

आक्रमणका क्रममा देउवाको गर्धनमा धारिलो हतियारले चोट पुर्‍याउँदा आठ टाँका लगाउनुपरेको थियो भने डा. राणाको पनि गर्धनमा चोट लागेको थियो। हाल दुवैको टाँका खोलिसकिएको र स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...