News Portal

देउवा दम्पती डिस्चार्ज हुँदै, अस्थायी बसोबास ललितपुरमा

२५४ पटक

काठमाडौं, असोज ८ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन्।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा आक्रमणमा परेका दुवैजनाको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन्। स्वकीय सचिव भानु देउवाका अनुसार डिस्चार्जपछि उनीहरू अस्थायी रूपमा ललितपुरमा बस्ने तयारीमा छन्।

‘सानेपा वा जावलाखेलमध्ये कुनै एक स्थान रोजिनेछ,’ उनले जानकारी दिए। डा. राणाको माइती घर सानेपास्थित झम्सिखेलमा छ भने उनका भाइ भूषण राणाको निवास जावलाखेलमा रहेको छ। झम्सिखेलस्थित घरसँगै कांग्रेस नेता जितजंग बस्नेतको निवास पनि रहेकाले आवास व्यवस्थापनमा उनी सक्रिय रहेको बताइन्छ।

नेताहरूले जावलाखेलस्थित घर सुरक्षाको हिसाबले संवेदनशील भएको सुझाव दिएका छन्, किनभने उक्त घर प्रशासनिक प्रशिक्षण केन्द्र अगाडिको व्यस्त क्षेत्रमा पर्छ। झम्सिखेलको घर भने होटल भिभान्तानजिकै रहेको छ।

बूढानीलकण्ठस्थित स्थायी निवास आन्दोलनका क्रममा क्षतिग्रस्त भएकाले पुनर्निर्माण सम्पन्न नभएसम्म देउवा दम्पती ललितपुरमै बस्ने तयारीमा रहेका छन्।

आक्रमणका क्रममा देउवाको गर्धनमा धारिलो हतियारले चोट पुर्‍याउँदा आठ टाँका लगाउनुपरेको थियो भने डा. राणाको पनि गर्धनमा चोट लागेको थियो। हाल दुवैको टाँका खोलिसकिएको र स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...