News Portal

सिंहदरबार जलाउने धम्की पहिले नै दिइएको थियोः केपी शर्मा ओली

२८२ पटक

काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा युवा पुस्ताकै काँधमा रहेको बताएका छन्।

भक्तपुरको गुण्डुस्थित निवासमा पुगेका युवा र विद्यार्थीहरूसँग कुरा गर्दै उनले नेपाल अहिले अन्तर्राष्ट्रिय स्तरमा बदनाम भइरहेको टिप्पणी गरे। ओलीले भने, “नेपालीलाई भिसा नदिने, काम नदिने अवस्था भइसकेको छ। यसबाट बाहिर निस्कन युवाले सक्रिय भूमिका लिनुपर्छ।”

उनका अनुसार, नेपाल इमानदार र मेहनती मानिसहरूको देश हो भन्ने छवि बनाउनैपर्छ। त्यसका लागि युवाले निराश नहुनु र सकारात्मक सोचसहित अघि बढ्नु आवश्यक छ।

हालै सिंहदरबारमा भएको आगजनीबारे उनले देशप्रेमीले यस्तो काम नगर्ने भन्दै, पहिले नै ‘सिंहदरबार जलाउँछु’ भनेर घोषणा गर्नेहरूकै योजनाबद्ध गतिविधि भएको बताए। यस क्रममा उनले अप्रत्यक्ष रूपमा काठमाडौं महानगर प्रमुख बालेन शाहलाई लक्षित गर्दै टिप्पणी गरे।

ओलीले चुनौतीपूर्ण परिस्थिति र बाह्य हस्तक्षेपलाई बुझेर राष्ट्रिय हितमा दृढतापूर्वक अडिन युवालाई आग्रह गरे।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...