News Portal

तुइनखोलामा फेरि ठूलो पहिरो, राजमार्ग पूर्ण अवरुद्ध

१८३ पटक

काठमाडौं, असोज ७ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा मंगलबार दिउँसो ठूलो सुक्खा पहिरो खसेपछि सम्पूर्ण यातायात अवरुद्ध भएको छ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार दिउँसो करिब ३:२० बजे खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको हो। इच्छाकामना गाउँपालिका–५ अन्तर्गतको सो स्थानमा माथिबाट निरन्तर पहिरो खसिरहेकाले यात्रु र सवारीलाई फर्काएर वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको उनले जानकारी दिए।

उनले निरन्तर पहिरो खसिरहेकोले सडक भासिने खतरा समेत रहेको उल्लेख गरे। ठूलो मात्रामा सुख्खा पहिरो खसेकाले पन्छाउन कठिनाइ भएको पनि जनाइएको छ।

यसअघि शुक्रबार साँझदेखि नै सो क्षेत्रमा लगातार पहिरो खसिरहेको थियो। बीचमा पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि मंगलबार फेरि ठूला ढिस्को खसेपछि राजमार्ग पुनः बन्द हुन पुगेको हो।

यस्तै मंगलबार बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला (बाँदरे मोड) मा खसेको पहिरो झन्डै १० घण्टापछि मात्रै पन्छाएर बाटो खुलाइएको थियो।

ठूलो पहिरो हटाउन धेरै समय लाग्ने भएकाले सडक विभागले काठमाडौं आउजाउ गर्ने सवारी साधनलाई वैकल्पिक तीन मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...