News Portal

काजकिरिया गर्ने समस्या सम्बन्धी सहयोगको अपिल

२०० पटक

रबिन्द्र बराल/मोरङ, असोज ७ – रङ्गेली नगरपालिका वडा नं. २ स्थित दिनाटोलमा विगत वर्षदेखि १ कठ्ठा जग्गामा बसोबास गर्दै आएका भविचन्द्र साहको मृत्यु भए पछि उनको घर अहिले शोकाकुल अवस्थामा रहेको छ। करेन्ट लागेर मृत्यु भएपछि, श्रीमानको काजकिरिया गर्न पनि आर्थिक अवस्था नहुँदा ठूलो समस्या परेको छ, भनी उनकी श्रीमती अमृता साहले बताएकी छन्।

उनीहरूको घरमा उनका साना तीन छोरा—खेमराज, महेश र गोपाल—समेत रहेका छन्। अमृता साह अबका दिनमा छोराहरूलाई कसरी हुर्काउने भनेर चिन्तित भएकी छिन्। भविचन्द्रका बाबु बच्चो साह र आमा घुर्ने देवी साह विगत १५ वर्षदेखि शारीरिक रूपमा अशक्त रहेका छन्। उनका कान्छा छोरा प्रल्हाद साहले दैनिकी मजदूरी गरेर सात सदस्यीय परिवार पाल्न बाध्य छन्।

असोज १ गते घरमा काम गर्दै गर्दा टिनको छानामा हात लाग्दा भविचन्द्र साहलाई करेन्ट लागेर मृत्यु भएको अमृता साहले बताएकी छिन्। श्रीमानको काजकिरिया गर्न आर्थिक अभाव भएको कारण, हिन्दू परम्परा अनुसार पनि काजकिरिया गर्न नसक्दा उनलाई ठूलो दुःख परेको छ।

अहिले घरमा दुई छाकको खाना जुटाउन समेत कठिन भइरहेको अवस्थामा, आर्थिक सहयोगको लागि अमृता साहले सबै मनकारीहरूलाई सहयोगको अपिल गरेकी छिन्। हामी पनि अनुरोध गर्दछौं कि सहयोगी मनकारीहरूले उक्त परिवारलाई सकेसम्म सहयोग पुर्‍याउन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...