
काठमाडौँ, असोज ६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत पुर्याइएको छ।
जेनजी आन्दोलनका क्रममा आगलागीमा परेर घाइते भएकी चित्रकारको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको पारिवारिक स्रोतले जनाएको छ।
फोक्सोमा संक्रमण देखिएको कारण उनलाई दिल्लीस्थित एपोलो अस्पतालमा उपचार थालिने भएको छ।