आज : २०२६-०७-०८, बुधबार

कुवेतमा दुर्गेश थापाको साथमा कल्याणकारी प्रथम सांगितीक धमाका २०७५ हुदै

कुवेत : कुवेतमा चर्चित लोकपप गायक, मोडल तथा डान्सर दुर्गेश थापाले धमका मच्चाउने भएका छन। यहीँ डिसेम्बर १४ तारीख कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजनामा हुन लागेको “कल्याणकारी प्रथम सांगितीक धमाका २०७५” मा सहभागी हुन कुवेत आउने समाजका अध्यक्ष निरज सिंह ठकुरीले हिमाली संचारलाई जानकारी दिए।

कुवेतको नेपाली समाजमा विभिन्न सघसस्था, बुद्धिजीवी, समाजसेवी लगायत सम्पुर्ण कुवेतबासीहरु सग सामाजिक अभियानमा हातेमालो गर्दै आएको कल्याणकारी नेपाली युवा समाजको प्रथम सांस्कृतिक कार्यक्रममा अतिथि कलाकार दुर्गेस थापा सगै स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने समाजले जानकारी दिएको छ।

सो समाजले कुबेतमा रहनुभएका सम्पुर्ण सामाजिक अभियान्ताका अगुवाई, बुद्धिजिबि, पत्रकार, कलाकार, युवाबर्ग साथै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थितिको लागि अनुरोध समेत गरेको छ।

उपस्थितिका लागि

स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब

मिति : १४ डिसेम्बर २०१८ शुक्रबार

आयोजक : कल्याणकारी नेपाली युवा समाज कुवेत।