News Portal

नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

४०२ पटक

काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र तोडफोड भएपछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालयको खोजी सुरु गरेको छ। पार्टीको वर्तमान कार्यालय बैठक र अन्य गतिविधि सञ्चालन गर्न असमर्थ भएकाले नयाँ भवनको आवश्यकता देखिएको सचिव डा. भिष्म अधिकारीले जानकारी दिए।

एमालेले आन्दोलनका क्रममा प्रदेश र जिल्ला पार्टी कार्यालयमा समेत क्षति पुगेको जनाएको छ। केही नेताहरूले काठमाडौँ र ललितपुरमा सम्भावित भवन हेरेका छन् तर अहिलेसम्म निर्णय भएको छैन।

पार्टीले केही दिनमै महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयको बैठक राखेर नयाँ भवन टुङ्गो गर्ने तयारी गरेको छ। सचिव अधिकारीका अनुसार आन्दोलनका क्रममा नेताहरूको घर र अन्य क्षतिको विवरण संकलन भईरहेको छ र सार्वजनिक गरिनेछ। उनले भने, “प्रदेश–प्रदेशमा क्षतिको विवरण संकलन गरी पठाउन भनिएको छ। केन्द्रको हकमा पनि विवरण संकलन भइरहेको छ।”

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...