News Portal

भोलिदेखि भक्तपुरमा नवराते मेला सुरु

२९२ पटक

भक्तपुर, असोज ५ – दशैंको सुरुवातसँगै भक्तपुरमा परम्परागत नवराते मेला सोमबारदेखि सुरु हुँदैछ। घटस्थापनासँगै सुरु हुने यो मेला नौ दिनसम्म विभिन्न शक्तिपीठमा दिनमा दुई पटक आयोजना गरिन्छ।

मेलालाई यहाँका स्थानीयले “नौ राते” भनेर पनि चिन्छन्, किनकि विशेषगरी बेलुकी टोलटोलबाट बाजागाजासहित हजारौं भक्तजन सहभागी हुन्छन्। बिहान पनि मेला लागे तापनि साँझको चहलपहल निकै ठूलो हुने गर्दछ।

परम्परा अनुसार पहिलो दिन ब्रम्हायणीमा सुरु हुने मेला दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौं दिन बाराही, छैटौं दिन इन्द्राणी, सातौं दिन महाकाली, आठौं दिन महालक्ष्मी, नवौं दिन त्रिपुरासुन्दरी हुँदै अन्तिम दिन फेरि ब्रम्हायणीमै सम्पन्न हुन्छ। विशेष गरी विजयादशमीको दिन ब्रम्हायणीमा सबैभन्दा ठूलो मेला लाग्छ, जहाँ भक्तपुर मात्र नभई काठमाडौं, ललितपुर, काभ्रे लगायत नजिकका जिल्लाबाट समेत जात्रालु पुग्ने गर्छन्।

दशैंका दिनमा भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरमा पनि बिहान–साँझ विशेष मेला लाग्ने परम्परा छ। यी मेलामा बालबालिकादेखि वृद्धसम्म सहभागी भए पनि युवा पुस्ता बढी रमाउने देखिन्छ।

भक्तपुरको दशैंका थप आकर्षणमा खम्ये जात्रा (राँगो दौड), कुछी भ्वय (चिउरा नापेर खाने भोज), र पायोन्हायाकेगू (भागी विवाह) उल्लेखनीय छन्। विजयादशमीको दिन तलेजुमा खड्गपूजा हुने र भागी विवाहलाई कानुनी मान्यता दिने चलन अझै कायम छ। यसै दिन विवाह, व्रतबन्ध लगायतका शुभ कार्यलाई शुभ साइत मानिन्छ।

इतिहासविद् डा. वीरेन्द्रप्रसाद कायस्थका अनुसार, दशैं देशभर मनाइए पनि भक्तपुरको दशैं विशेष परम्परा र रौनकले अन्यत्रभन्दा भिन्न देखिन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...