आज : २०२६-०७-०९, बिहीबार

तुइनखोलाको पहिरो हटाउने काम जारी, साँझसम्म सडक सञ्चालन हुने अनुमान

चितवन, असोज ५ – तुइनखोलामा खसेको पहिरो हटाउन कार्यदल सक्रिय भएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात खुल्ने स्थिति देखिन थालेको छ।

भरतपुर डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार हालसम्म पहिरो खस्ने घटना भएन र दुवैतर्फबाट लगातार पहिरो हटाइरहेकोले सडकमा जमेको माटो घट्दै गएको छ।

उनले जानकारी दिएअनुसार, यही अवस्था रहिरहे आज साँझसम्म एकतर्फी रूपमा सडक सञ्चालन हुने र रोकिएका यात्रुहरूलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको छ।