News Portal

ऊर्जा मन्त्री घिसिङको रोजाइमा मनोज सिलवाल, शाक्यमाथि बढ्यो दबाब

३८३ पटक

काठमाडौं, असोज ५ – हाल नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यामाथि राजीनामाको दबाब बढ्दै गएको छ। ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले प्राधिकरणको नेतृत्व फेरबदल गर्ने तयारीसँगै पूर्वअधिकारी मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाउने गृहकार्य थालेको बुझिएको छ।

घिसिङले बद्लिएको परिस्थितिअनुसार शाक्यले आफैं बाटो खुलाउने अपेक्षा गरेका छन्। तर, शाक्यले प्रत्यक्ष रूपमा राजीनामा दिने कि नदिने भन्ने विषय खुल्न बाँकी छ। राजीनामा नदिएमा मन्त्रालयमार्फत हटाउने तयारी गरिएको स्रोतको दाबी छ।

विदेशबाट स्वदेश फर्केका शाक्य आज मात्रै कार्यालय प्रवेश गर्न लागेका छन्। यसअघि घिसिङले अप्रत्यक्ष रूपमा ‘बाटो खुला गर्न’ सुझाएका थिए भने शाक्यले मिलेर काम गर्न सकिने प्रतिक्रिया दिएका थिए।

यसबीच, घिसिङले प्राधिकरणकै पूर्ववरिष्ठ अधिकारी मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशक बनाउने सम्भावना बढेको छ। वितरण तथा ग्राहक सेवा निर्देशनालयमा लामो अनुभव बोकेका इन्जिनियर सिलवाल १२ औं तहसम्म उक्लिएर २०८१ माघमा अवकाश भएका थिए। उनी सिन्धुपाल्चोक जुगल–२ का स्थायी बासिन्दा हुन्।

स्रोतका अनुसार दशैंअघि नै सिलवाललाई नियुक्त गर्ने तयारी भइरहेको छ। प्राधिकरणभित्र पनि यही चर्चा चलिरहेको र ऊर्जा मन्त्री घिसिङ र शाक्यबीचको तिक्तताले नयाँ नेतृत्व ल्याउने सम्भावना थपिएको अधिकारीहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...