News Portal

हमासले ४८ बन्दीको तस्बिर सार्वजनिक, नेपाली विपिन पनि समेटिए

२२८ पटक

काठमाडौं, असोज ४ – गाजामा जारी भीषण युद्धबीच हमासले ४८ जना इजरायली बन्दीको तस्बिर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएका तस्बिरमा नेपालका विपिन जोशी पनि समावेश छन्।

इजरायली सेनाले गाजा सहर कब्जा गर्ने कारबाहीलाई तीव्रता दिएको बेलामा हमासको लडाकु निकाय कस्साम ब्रिगेडले अनलाइनमार्फत ‘बिदाइ तस्बिर’ प्रकाशित गरेको हो। अल जजिराका अनुसार उक्त तस्बिरमा जीवित र मृत दुवै किसिमका बन्दी देखिएका छन्।

सबै तस्बिरमा ‘रोन अरद’ नाम उल्लेख गरिएको छ। सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका कप्तान अरदको स्मरण गर्न यो नाम प्रयोग गरिएको बताइन्छ।

विपिनबारे परिवारले अहिलेसम्म आधिकारिक जानकारी पाएको छैन। “हामी निरन्तर इजरायलमा सम्पर्क गरिरहेका छौँ,” परिवारले प्रतिक्रिया दिएको छ।

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सम्झौता अस्वीकार र निरन्तर आक्रमणकै कारण बन्दीहरूको जीवन संकटमा परेको चेतावनी दिएको छ। इजरायलले करिब २० जना मात्र जीवित रहेको दाबी गरेको छ भने अमेरिकाले त्यो संख्या अझै कम हुन सक्ने उल्लेख गरेको छ।

२०२३ अक्टोबरदेखि सुरु भएको युद्धमा अहिलेसम्म ६५ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। निरन्तर बमबारीका कारण हजारौँ नागरिक विस्थापित भएका छन्। नेतान्याहूले भने हमाससँग कुनै सम्झौता नगर्ने र सैन्य कारबाहीलाई निरन्तरता दिने स्पष्ट अडान दोहोर्याएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...