News Portal

हमासले ४८ बन्दीको तस्बिर सार्वजनिक, नेपाली विपिन पनि समेटिए

३४७ पटक

काठमाडौं, असोज ४ – गाजामा जारी भीषण युद्धबीच हमासले ४८ जना इजरायली बन्दीको तस्बिर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएका तस्बिरमा नेपालका विपिन जोशी पनि समावेश छन्।

इजरायली सेनाले गाजा सहर कब्जा गर्ने कारबाहीलाई तीव्रता दिएको बेलामा हमासको लडाकु निकाय कस्साम ब्रिगेडले अनलाइनमार्फत ‘बिदाइ तस्बिर’ प्रकाशित गरेको हो। अल जजिराका अनुसार उक्त तस्बिरमा जीवित र मृत दुवै किसिमका बन्दी देखिएका छन्।

सबै तस्बिरमा ‘रोन अरद’ नाम उल्लेख गरिएको छ। सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका कप्तान अरदको स्मरण गर्न यो नाम प्रयोग गरिएको बताइन्छ।

विपिनबारे परिवारले अहिलेसम्म आधिकारिक जानकारी पाएको छैन। “हामी निरन्तर इजरायलमा सम्पर्क गरिरहेका छौँ,” परिवारले प्रतिक्रिया दिएको छ।

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सम्झौता अस्वीकार र निरन्तर आक्रमणकै कारण बन्दीहरूको जीवन संकटमा परेको चेतावनी दिएको छ। इजरायलले करिब २० जना मात्र जीवित रहेको दाबी गरेको छ भने अमेरिकाले त्यो संख्या अझै कम हुन सक्ने उल्लेख गरेको छ।

२०२३ अक्टोबरदेखि सुरु भएको युद्धमा अहिलेसम्म ६५ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। निरन्तर बमबारीका कारण हजारौँ नागरिक विस्थापित भएका छन्। नेतान्याहूले भने हमाससँग कुनै सम्झौता नगर्ने र सैन्य कारबाहीलाई निरन्तरता दिने स्पष्ट अडान दोहोर्याएका छन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...