News Portal

प्रचण्ड भन्छन्: निश्चित प्रक्रिया अपनाएर पार्टी नेतृत्व हस्तान्तरण गर्ने तयारीमा छु

३८८ पटक

काठमाडौं, असोज ३ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व हस्तान्तरणका विषयमा आफू गम्भीर रूपमा सोचिरहेको बताएका छन्। संविधान दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले निश्चित विधि अपनाएर मात्र नेतृत्व परिवर्तन गर्न सकिने प्रष्ट पारे।

उनका अनुसार, पार्टीको स्थायी समिति र केन्द्रीय समितिमा यसबारे छलफल भइसकेको छ। प्रचण्डले नेतृत्व हस्तान्तरण गर्दा पार्टीको एकता र ऐतिहासिक गौरव कमजोर नपार्ने गरी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

देश अहिले गम्भीर संकटमा रहेको उल्लेख गर्दै उनले विदेशी हस्तक्षेप रोक्न र राष्ट्रिय स्वाधीनता जोगाउन सबै राजनीतिक शक्ति, बुद्धिजीवी र नागरिक समाज एकजुट हुनुपर्ने बताए। “हजारौँ युवाले गरेका बलिदानको सम्मान गर्न सक्ने शक्ति माओवादी केन्द्रमै छ,” उनले भने।

आगामी निर्वाचनबारे प्रचण्डले भने, “निर्वाचन सहज छैन, तर सबै मिलेर अघि बढे सम्भव छ।” उनले घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राख्दै त्यसबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतितर्फको बाटो खोल्न सकिने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...